सबैलाई अहिले बजेटको बिस्लेशण गर्न र कमि कमजोरी औलाउँन अनि यसो भएन उसो भयन भन्ने चिन्ताले पोलिरहेको छ।
हाम्रा बिज्ञहरु किन हाम्रा समाजका वास्तविक समस्याभन्दा पनि आफ्नो व्यक्तिगत प्रमोशन हुने खालका कुरा गरेर बस्छन्, जस्तै बजेट आउनभन्दा पहिला बजेट घोषणा गर्ने आर्थमन्त्रीलाई सचेत नबनाउने अनि पछि यता कमजोरी ,यता पुगेन उता पुगेन भनेर रोईरहेका मात्र लेखहरु प्रकाशित गरिरहेका हुन्छन।
हामी करिब एक हप्ता अगाडि हामी हाम्रा हस्पिटल अनि बिरामीको अवस्था के छ भनेर खोजका लागि म लगाएत मेरा साथीहरु रन्जु, दर्शना र अविरल कार्की वीर हस्पिटल पुगेका थियौ | वीर हस्पिटलमा हामीले विभिन्न बिरामीहरुको दर्दनाक अवस्था देखेपछि केहि बिरामीसँग कुराकानी पनि गरेका थियौ।
हामीले सुरूमा चरिकोटमा जन्मिई, हाल दक्षिणढोका बस्दै आईरहनु भएकी एकजना आमा दुर्गा तामाङसँग कुरा गर्यौ। उहाँ विगत ३ महिनादेखि वीर हस्पिटलको इमरजेन्सी वार्डमा दयानायक अवस्थामा रहनु भएको रहेछ।
उहाँले वीर हस्पिटलमा निःशुल्क सेवा त प्राप्त गरिरहनु भएको रहेछ। तर, उहाँको हेरविचार गर्ने र खानाको ब्यवस्था गरिदिने कोहि थिएन। उहाँलाई नजिकैका बिरामीका आफन्तले नै खाना दिँदै आईरहनु भएको रहेछ। उहाँको अवस्था यति दर्दनाक थियो कि त्यो भन्दा बढी दर्दनाक अवस्था मैले आजका दिन सम्म देखेको छैन।
उहाँले कहिलेसम्म त्यो अवस्था झेलिरहनु पर्ने हो ? उहाँले हाम्रा केही प्रश्नको उत्तर दिँदै भन्नु भयो, 'बाबु नानीहरु मैले जेनतेन सकी नसकी अरुको घरमा काम गरेर गुजारा चलाईरहेको थिए। म कतिबेला बेहोस भए र मलाई कसले यहाँ ल्याए भन्ने पनि थाहा छैन।'
असन बस्दै आउनु भएकी अर्की एकजना आमा निर्मला थापाको अवस्था पनि दुर्गाको भन्दा कम दर्दनाक छैन। उहाँको विभिन्न कारणले श्रीमानसँगको समन्धविच्छेद पछि विभिन्न घरमा गएर घरायासी कार्यहरु गर्दै गुजारा चलाउनु भएको थियो। उहाँले हामीसँग रुदै भन्नु भयो, 'नानीबाबुहरु मेरो जीवन बचाईदेउ। म सन्चो भए अझै आफै काम गरेर खान सक्छु भन्ने आँट छ, मलाई यहाँ रहुन्जेल मेरो खानाको लागि ब्यवस्था गरिदिनु पर्यो।'
उहाँले नजिकैका मानिससँग दैनिक जसो भन्ने कुरा हुन् ती | उहाँलाई सास फेर्न गारो हुने ,प्रेसर हाई , डाइबेटिज आदि समस्साले चापीरहेको रहेछ। गोठाटारका ५० वर्षीय राजु थापाको अवस्था पनि खासै फरक छैन उहाँलाई पनि स्थानीयको आर्थिक सहयोगबाट उपचार गरेपनि उहाँको मेडिकलमा केयर गर्ने कोही छैनन्।
अब कुरा गरौ हाम्रो सबै भन्दा व्यस्त ठाउँ रत्नपार्कको, त्यहाँ धेरै रोगी , कमजोरी व्यक्तिहरुले उपचारको ब्यवस्था गर्नका लागि सानो सहयोग गर्नुस। हजुरहरुको सानो सहयोगले ठूलो हेल्प गर्न सक्छ भनेर चिचाई रहेको हुन्छ।
रत्नपार्कलगायत देशका यस्ता ब्यस्त ठाउँमा सहयोग मागिरहने केहि बाहेक धेरै जसो व्यक्तिहरुको बाध्यता हो। के हाम्रा बिज्ञहरुले यस्ता बिषयको बारेमा लेख्नुपर्दैन।
हाम्रा बिज्ञहरु घरमा बसेर पेपर पढ्ने, किताब बढ्ने अनि, बिश्लेशण गर्ने बढी छन्। समाजमा घटेका यस्ता सामान्य समस्यालाई समाधान गर्न उनीहरुको भूमिका के हो? हाम्रा हजारौ मिडिया सधै जसो, ठूला पार्टीका टाउकेका अगाडि पछाडि मात्र गर्ने हो कि, यस्ता बिषयलाई पनि गम्भीरताका साथ लिने हो?
अनि कहाँ छन् हाम्रा स्वास्थमन्त्री, कहाँ रिबन काट्न पुगेका छन् , यस्ता नेतृत्वले कसरी देशको विकाश अनि जनताको सेवा गर्न सक्छन्। कहाँ छन् दुःखी, असाय हरुको सहयोगका लागि खुलेका हजारौ सरकारी तथा गैर सरकारी सस्थाहरु।
कहाँ छन् उनीहरुका आफन्तहरु जसले आफ्ना बुढा अभिभावकको राम्रो हेरविचार गर्न नसक्ने, सबैलाई धिकार छ। यो समस्या काठमाडौँ जस्तो केन्द्रमा यति धेरै छ भने बाहिर कति होला?
के यीनै हुन् त सरकारको नागरिकप्रतिको जिम्मेवारिता, के यी सबै हुन् त, सरकारले जनतालाई दिएको निशुल्क स्वास्थ्य सेवा?
नारायण भुषाल
केन्द्रीय इन्जिनियरिंग क्याम्पस पुल्चोक