तीव्र विरोध र विवादबीच नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले त्रिशुली थ्री–ए जलविद्युत आयोजनाको क्षमता ६० मेगावाटबाट ९० मेगावाट पुर्याउने निर्णय गर्न लागेको छ ।
प्राधिकरण सञ्चालक समिति बैठकमा आइतबार त्रिशुली थ्री–एको क्षमता विस्तार गर्न ‘माइन्युट’ भइसकेको तर केही सदस्यहरूको आनाकानीका कारण हस्ताक्षर रोकिएको प्राधिकरण स्रोतले सेतोपाटीलाई बतायो ।
यदि त्रिशुली थ्री–एको क्षमता विस्तार गर्ने चिनियाँ ठेकेदार कम्पनी गेजुवाको उक्त प्रस्ताव अघि बढाइयो भने यो गैरकानुनी मात्र हुने छैन, नेपालको विकास इतिहासमा सम्भवतः सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार हुनेछ । यो भ्रष्टाचार अर्बभन्दा बढी अंकमा हुनेछ । सेतोपाटीले आयोजनाको सम्भावित घोटाला प्रकरणका विभिन्न आयाम, पात्र तथा घटना समेटेर सुरु गरेको ‘त्रिशुली थ्री–ए घोटाला’ श्रृंखला १ को
अर्बौंको घोटाला गर्ने तानाबाना बारेमा पाठक श्रीकमल द्विवेदीको प्रतिक्रिया जस्ताको तस्तै :
१. प्राधिकरणले जाडो याममा कम उर्जा दिने योजनाहरुसंग पिपिए गरेको खराब योजनाहरुलाई आधार बनाएर यो योजनामा थप्नु सहि छ भन्नु कदापि सहि होईन। प्राधिकरणको प्रत्येक पि पि ए मा राजनैतिक र आर्थिक चलखेल हुन्छ। साना योजनाको पनि ८- १० लाख खाएर बढी दरमा सम्झौता हुनेकुरा जग जाहेर छ ।
२. प्राधिकरणले देशको हित हेरेको भए ५४-५६ सालमा क्यानेडियन सहयोग (CIWEC) ले पहिचान गरेको मध्यकै सबै भन्दा उत्तम र प्राधिकरणका पुर्ब एम.डी. सन्तबहादुर पुन ले “Jewel in the Crown” योजना भन्ने गर्नु भएको कर्णाली योजना किन नबनेर अहिले GMR लाई दिईयो? २ किलोमिटर सुरुङ खन्दा १४९ मिटर हेड हुने ( नदिको लम्बाई ४८ कि.मी. घुमेको छ – हेर्नुस र नाप्नुस आफै गुगलअर्थमा- Latitude = 28°53'55.42"N , Longitude = 81°28'18.00"E )
३. योजनाको क्षमता बढाउँदैमा सुख्खायाममा उत्पादन बढ्ने होईन। अहिले Q90 (अर्थात बर्षको ९० प्रतिसत समयभन्दा बढि समय पुर्ण क्षमतामा चल्ने , दश महिना भन्दा बढी) ६० मेगावाट नै चल्ने हो, बाँकी सुख्खा याममा यो भन्दा कम हुन्छ। ९० बनाउँदा Q60 अर्थात ६० प्रतिसत बहाब = ७ महिना, मात्र पुर्ण क्षमतामा चल्ने हो, बाँकी समय जति पानी बहन्छ त्यति मात्र उत्पादन हुने हो। बढी उर्जा कुन समयमा उत्पादन हुने हो थाहा छ? बर्खा याममामात्र हो- जुन बेला अन्य योजना बाट नै पर्याप्त उत्पादन हुन्छ।
४. कुतर्क गर्नेहरुले त्रिसुली- ३ ए र कुलेखानी-३ को तुलना गरेर देखाँउछन। कुलेखानी-३ मा जाडो याममा पनि १४ मेगाबाट नै उत्पादन हुन्छ कुलेखानी १ बाट २ हुँदै आउने पानीबाट उत्पादन हुने हो। कुलेखानीको कुन उत्पादन १०६ मेगावाट हुन्छ, जुन चाहिएको बेलामा चलाउन सकिन्छ peaking को लागी जुन जाडो यामको लागी प्रयोग हुन्छ, जुन समयको लागी थर्मल प्लान्ट किन्ने कुरा बेला बेलामा उठाईन्छ। कुलेखानी-३ योजना आफैंमा भन्दा पनि यो बनाउने प्रकृयामा भैरहेको गैरजिम्मेबार र भ्रष्ट्राचार जन्य कार्य भएका छन भन्दैमा यो योजना नराम्रो भन्नु ठिक होईन।
५. तपाईँले बैंकबाट ऋण लिएर एउटा ठेकेदारलाई घर बनाउन लगाउनु भएको छ। सम्झौता अनुसार ठेकेदारले २ महिनामा तपाईँलाई तयार घर दिनु पर्ने छ। तर ठेकेदारले १०% पनि काम सक्काएको छैन । घर समयमा बनाउन नसके जरिवाना तिर्नु पर्छ उस्ले तपाईँलाई। तर ठेकेदार तपाईँलाई भन्छ- यो भन्दा ठुलो घर बनाईदिन्छु- थप एक बर्ष लाग्छ, अनि पैसा पनि थप्नु पर्छ। यदि तपाईँको आफ्नो घर हो भने तपाईँ के गर्नु हुन्छ?
६. यो क्षमता थपले नेपाललाई हुने लाभले हैन ठेकेदारले आफ्नो गल्ति छोपिने हुनाले यो प्रस्ताब गरेको हो। EPC ( Estimate , procure and Construct ) प्रकृया अनुशार यो योजनाको निर्माण भैरहेको ले योजनामा भेरियसन गर्न मिल्दैन। निर्धारीत समयमा निर्माण संपन्न गर्न नसके उल्टो हर्जाना तिर्नु पर्छ ठेकेदारले प्राधिकरणलाई। अब बाँकी समयमा कुनै पनि हालतमा यो योजना संपन्न हुनै सक्दैन।
७. अहिले सम्ममा योजनाको ३०-४० प्रतिसत त सक्कएको छैन, र निर्माणको गति सुस्त छ। Date expire भएको सिमेन्ट प्रयोग भएको बिबाद पनि पत्रपत्रिकामा आएको नै हो।
८. क्षमता बढाएर फेरी सम्झौता गर्ने बित्तिकै यो योजनाको सम्पन्न गर्नु पर्ने समय पर सर्छ र सोझै हर्जाना तिर्नु पर्ने अबस्था बाट उल्टो थप भुक्तानी पाउने अबस्था आउँछ। यो क्षमता बिस्तार नेपालको मायाले हैन ठेकेदारको समय लम्बाउने एउटा प्रपन्च मात्र हो।
९. यति २ बर्ष थप गर्न दिने हो भने यो योजना तामाकोशी भन्दा पनि पछि संपन्न हुन्छ, जुन बेला तामाकोशीको ४०६ मेगाबाट राष्ट्रिय ग्रिडमा आईसकेको हुन्छ, यो योजनाले थप गर्ने बिजुलि सबै खेर ( Spill energy) जान्छ।
१०. यो राष्ट्रघाति कदम अहिलेको निर्बाचन गर्न गठन भएको मन्त्रि परिषदका मन्त्रिले गर्नु चरम भ्रष्ट्राचार हो , तुरुन्त बर्खास्त गर्नु पर्छ।