केएल टावरमा ‘मोबाइल हब’ सञ्चालन


राजधानीको चाबहिलस्थित केएल टावरमा हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल हब सञ्चालनमा आएको छ।

हबमा २३ भन्दा बढि ब्राण्डका मोबाइलहरु किन्न पाइने छ भने ६० मिनेटमै उपलब्ध हुने मोबाइल मर्मत सेवा, एक्सचेन्ज र टच एण्ड फिल सुविधासहित ५० हजार भन्दा माथिका स्मार्टफोन खरिद गर्दा क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड पाइने हबका निर्देशक संगम राईले जानकारी दिए।

हबमा २० गतेसम्म चल्ने गरी एक्सपो पनि सञ्चालन गरिएको छ जस अन्तर्गत मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको राईले बताए।

केएल मोबाइल हबले उपहार स्वरुप एफक्युब सिनेमा टिकट, क्ल्ब डेजाबुमा ४ हजार रुपैंयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया रसिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरिएको हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.