माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्धघाटन गरेको छ।
बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलबस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।
उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतनिधि तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्धघाटन गरे।
बैकले सातै प्रदेशमा १४४ वटा शाखा र १३३ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २७७ स्थानबाट सेवा दिदैं आएको छ। साथै देशभर रहेका १६७ वटा एटीएममार्फत बैंकले २४ घण्टा नै सेवा प्रदान गरेको छ।