नेपाल वायुसेवा निगम ठूला जहाज खरिदमा केन्द्रित हुँदा मध्यमस्तरीय चिनियाँ जहाजको खरिद प्रक्रिया भने अलपत्र परेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयर कम्पनीका न्यारो बढी जहाज प्रक्रिया अघि बढाएपछि चिनीयाँ जहाज खरिदका विषयमा कुनै प्रगति नभएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार चिनियाँ जहाज खरिद गर्ने प्रक्रियामा अन्तर मन्त्रालय समन्वय अभावले अन्यौल बढ्दै गएको आजको कारोबारमा खबर छापिएको छ ।
करिब ४ महिना देखि चिनियाँ जहाज खरिदको फाइल अघि बढ्न सकेको छैन । करिब २ वर्षअघि तात्कालिन पर्यटन तथा नागरिक उड्यान मन्त्री लोकेन्द्र विस्टमगरको कार्यालयमा २ वटा अनुदान र चार वटा जहाज सरल मूल्यमा ल्याउने प्रक्रिया सुरु गरेको थियो ।
त्यतिबेला निकै आलोचना भएपनि सरकारले प्रक्रियाअघि बढाएको चिनियाँ जहाज किन्न नहुँने पक्षमा निगम भित्रै बलियो मत छ । तर सञ्चालक समिति चीनबाट जहाज भित्र्याउने पक्ष र विपक्षमा बाढिएपछि अन्यौल बढेको स्रोतको दाबी छ । निगमले आफ्नो तर्फबाट सबै प्रक्रिया पुरा गरेरे फाइल अर्थ मन्त्रालयमा पठाएको भएपनि अहिले सो प्रकिया कहाँ पुगेको छ भन्ने जानकारी अहिले आफुलाई समेत नभएको मन्त्रालयका प्रबक्ता गणेशबहादुर चन्दले बताए ।