राजधानीमा जारी यु १९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर १ विराटनगरले जितेको छ । सोमबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा क्षेत्र नम्बर ४ भैरहवालाई २ विकेटले हराउँदै उपाधि हात पारेको हो।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको खेलमा क्षेत्र न ४ भैरहवाले निर्धारीत २५ ओभरको खेलमा १८.१ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो ।
६५ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको विराटनगरले १४ ओभरमै विजयी लक्ष्य भेट्टाएको हो ।