राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत सोमबार भएको पहलो खेलमा हिमलयन शेर्पा क्लब विजयी भएका छन् ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबलाई २-० गोल अन्तरले हराउँदै हिमालयनले विजयी सुरुआत गरेको हो ।
खेलको ७२ मिनेटसम्म बराबरीमा रोकेको खेलमा ब्वाइज युनियनले अन्त्यतिर लय गुमाउँदा गोल खान पुगेको थियो । खेलको ७३ औ मिनेटमा हिमालयनका धिरज तामाङले गोल गर्दै सेर्पालाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ८८ औ मिनेटमा जेश राईले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । यस्तै आजै दशरथ रंगशालामा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिडिरहेका छन् ।