भारतमा जारी छैठौं सस्करणको इन्डियन प्रिमियर लिग ९आइपिएल०को उपाधि पहिलो पटक मुम्बई इन्डियन्सले जितेको छ । गएराती भएको फाइनमा दुई पटकको विजेता चेन्नई सुपरकिङ्सलाई २३ रनले हराउँदै मुम्बइले नयाँ इतिहास रचेको हो ।
कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको मुम्बइले खराब सुरुआतका बाबजुत निर्धारीत २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ४८ रन बनाएको थियो । मुम्बईका लागि किरन पोलार्डले ६० रनको योगदान गरेका थिए । ३२ बल खेलेका पोलार्डले ३ छक्का र ७ चौका प्रहार गरे । यस्तै दिनेश कार्तिक २१, अब्बाती रायडु ३७, हरबजन सिंह १४ रनबनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।
चेन्नईका ड्वेन ब्राभोले सर्वाधिक ४ विकेट लिए यस्तै अल्वाइ मोर्केलले २ तथा मोहीत शर्मा र च्रिस मोरीसले १ एक विकेट लिएका थिए ।
१ सय ४९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको चेन्नई सुपरकिङ्सले कप्तान महेन्द्रसिंह धोनीको अभिजित ६३ रनको बाबजुत पनि निर्धारीत २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय २५ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि मुरली विजय १८ ड्वेन ब्राभो १५ अल्विक मोर्केल १० बाहेक अरुले पनि मुम्बईको जस्तै दोहोरो रनको स्कोर छुन सकेनन् । चेन्नईलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका लागि लासिथ मालिंगा, हरभजन सिंह र मिचेल जोनसनले दुई दुई विकेट लिएका थिए भने प्रज्ञान ओझा रिसी दावन र किरेन पोलार्डले एक एक विकेट लिएका थिए ।
उपाधिसंगै मुम्बईले १० करोड भारतीय रुपैयाँ जितेको छ भने चेन्नईले सात करोड ५० लाखमा चित्त बुझाएको छ। यसैबिच मुम्बई इन्डियन्सका सचिन तेन्दुल्लुलकरले आइपिएलबाट सन्यास लिएका छन। उनले अब आफू आइपीएल क्रिकेटमा सहभागि नहुने भन्दै सन्यासको घोषणा गरेका हुन।