भारतमा जारी छैठौ संस्करणको इन्डियन प्रिमियर लिग आइपियलमा मुम्बइ फाइनलमा पुगेको छ । गएराती भएको खेलमा राजस्तान रोयल्सलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले चेन्नई सुपरकिङ्सँगको उपाधि भिडन्त पक्का गरेको हो ।
कोलकाताको इडेन गार्डेन मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।
मुम्बईका लागि ड्वायेन स्मिथले ६२ र आदित्य टेरले ३५ रनको महत्वपूर्ण इनिङ खेलेपछि जवाफि व्याटीङमा उत्रीएको मुम्बइले खेल सकिन १ बल बाँकी छदै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
यसअघि पहिलो प्लेअफमा मुम्बई चेन्नइसंग पराजित भएको थियो ।
फाइनल खेल आइतबार हुनेछ ।