कर्ण लिम्बुले ह्याट्रिक सहित ४ गोल गरेपछि गोर्खा कपमा मछिन्द्र क्लबले सरस्वतीविरुद्ध सानदार जित निकालेको छ । राजधानीको दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबलाई ६-१ गोल अन्तरले हराएको हो ।
मछिन्द्रले खेलको १९ औं मिनेटमा विशाल राई ए को गोलबाट खेलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी मछिन्द्रका लागि कर्ण लिम्बुले टिमको लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका थिए । यस्तै खेलको ६७औ मिनेटमा अजय विकले गोल थपे । यसपछि कर्ण लिम्बुले केहि मिनेटको अन्तरमा लगातार तीन गोल गरेका थिए ।
खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै सरस्वतीले सान्तवना गोल फर्काएको थियो ।