नेपालको सर्वाधिक दोस्रो पुरस्कार राशीको गोर्खा कप फुटबल प्रतियोगिता आजदेखि राजधानीमा सुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा अहिले सरस्वती क्लव र मच्छिन्द्र फुटबल क्लव भिड्दैछन् । यसअघि उद्घाटन खेलमा पुलिस क्लव र झापाको मुनाल क्लवले खेल्ने तालिका भएपनि पूर्वाञ्चलका विभिन्न जिल्ला बन्दका कारण झापाको मुनाल क्लब हिजो साँझसम्म राजधानी आइ नपुगेकाले आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो खेल स्थगित गरेको हो। ए डिभिजन मान्यताप्राप्त जिल्लाको च्याम्पियन मुनाल क्लब झापा र बीको विजेता नवलपरासीको देशभक्त क्लब, सहिद स्मारक बी डिभिजन उपविजेता टुसाल तथा १३ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। नेपाली फुटबलको यो दोस्रो ठूलो पुरस्कार राशिको नकआउट प्रतियोगिता हो। सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता एनसेल कप विजेताले १५ लाख रुपैयाँ पाउँनेछन्।