नेपालमै पहिलो पटक नेपाल ओपन ईन्टरनेशनल कराते च्याम्पियनसिम २०१३ आयोजना हुने भएको छ।
बालाजु कराते–डो प्रतिष्ठानले आगामी जेठ १४ देखि १५ सम्म राजधानीमा प्रतियोगिता गर्न लागिएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।
प्रतियोगितामा एसीयाका एघार मुलुकका खेलाडीहरुको प्रतिश्पर्घा गर्नेछन्। प्रतियोगितमा भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, मलेसिया, सिंगापुर, ट्यूनिशिया, उज्वेकिस्तान, यूएई र नेपालका खेलाडीहरुले ४६ स्वर्ण, ४६ नै रजत र ९२ कास्य गरी १८४ पदकका लागि प्रतिश्पर्धा गर्ने आयोजक बालाजु कराते–डोले जनाएको छ।
प्रतियोगितामा नेपालका तर्फबाट सिनियर, जुनियर, क्याडेट ५६ पुरुष र ४६ महिलाले सहभागि जनाउने छन्।
पत्रकार सम्मेलनमा प्रतियोगिता विश्व कराते महासंघको नियम अनुसार नेपालमा पहिलोपटक ईलेक्ट्रोनिक पद्धतिबाट गराईने जानकारी दिएको थियो।