म्यान अफ द म्याच ब्रेड हजको सानदार अर्धसतकको मद्दतले राजस्तान रोयल्सले हैदारावादलाई ४ विकेटले हराउदै फाइनल प्रवेशका लागि मुम्बइ इन्डियन्ससँगको भेट पक्का गरेको छ । बुधबार राती भएको खेलमा ब्रेडले २९ बल खेल्दै ५ छक्का र २ चौका प्रहार गर्दै ५४ रन बनापछि ४ बल बाँकी रहदै १३३ रनको विजयी लक्ष्य भेट्टाएको हो ।
टस जितेर पहिलो व्याटीङ गरेको हैदारवादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १३२ रन बनाएको थियो। हैदारवादका लागि शिखर दावानले ३३, क्यामरन ह्वाइटले ३१ त्था दारियम सम्मीले २९ रनको योगदान दिनु बाहेक अन्यले उत्कृष्ट प्रदर्शन गरेका थिएनन। राजस्तानका लागि विक्रमजित मल्लिकले २ विकेट लिएका थिए।
१३३ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको राजस्तानले जितका लागि ६ बलमा १० रन चाहिएको अवस्थामा ब्रेड हजले लगातार २ छक्का हानेपछि राजस्तानले खेल सकिन ४ बल बाँकी छदै ६ विकेट गुमाउदै विजयी लक्ष्य भेट्टाएको हो । राजस्तानका लागि ब्रेड हजले सर्वाधिक ५४ रन बनाए । यस्तै शेन वाट्सनले २४ रन बनाएका थिए।
अब फाइनल प्रवेशका लागि राजस्तानले शुक्रबार मुम्बइ इन्डियन्सको सामना गर्ने भएको छ ।