एएफसी च्यालेञ्जकपको छनोट चरणको फुटबल खेलमा सुरक्षा कमजोरी भएको भन्दै एसियाली फुटबल महासंघ एएफसीले आयोजक अखिल नेपाल फुटबलसंघ एन्फालाई ६ हजार डलर जरिवाना गराएको छ ।
एएफसी अनुशासन कमिटीको सोमबार क्वाललाम्पुरमा बसेको बैठकले अनुशासनको उल्लंघन गरेको भन्दै जरिवाना तिनुपर्ने निर्णय गरेको एएफसीले जनाएको छ ।
आगामी एक महिना भित्रमा एन्फाले जरिवाना रकम तिरिसक्नुपर्नेछ । यसका साथै एएफसीले आगामी खेलहरुमा सजगता अपनाउन पनि सचेत गराएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरमा पराजित भएको थियो । सो खेलको दौरान नेपाली दर्शकले मैदानमा खेल अबरुद्ध हुने गरि मोबाइल, ढुङ्गा, लाइटर जस्ता सामान फ्याकेका थिए ।