मुम्बई इन्डियन् आइपिएलको फाइनलमा

चुनाव
  • Get News Alerts

tata

मुम्बई इन्डियन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ। दोस्रो प्लेअफमा शुक्रबार कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौ आइपिएलको उपाधि नजिक पुगेको हो।

बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरको खेलमा १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनको सामान्य स्कोर बनायो। उसका लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बनाउनु बाहेर अरूले खेल्न सकेनन्।

कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वाधिक ४ विकेट लिए। यस्तै बुमराहले ३ विकेट लिँदा मिचेल जोहन्सनले २विकेट लिएका थिए।

१०८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १४.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।

उसका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए। यस्तै रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए।

कोलकत्ताका लागि चावलाले २ विकेट लिए।

अब मुम्बईले उपाधिका लागि आगामी आइतबार पुनेसँग खेल्ने छ।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

    प्रिमियर लिग च्याम्पियन चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधिमाथि कब्जा जमाएको छ। शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हराउँदे उपाधि जितेको हो।

  • महिला फुटबल च्याम्पियनसिप अर्को सातादेखि

    च्याम्पियनसिपमा कूल २८ टिम सहभागी हुँदैछन्। जसलाई २ समूहमा विभाजन गरिएको छ। एउटा समूहमा १४ टिम समावेश रहने छन्। विजेतालाई ३ लाख, उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ घोषणा गरिएको छ। उत्कृष्ट खेलाडीलगायत विभिन्न ५ विद्यामा मनोनित हुने खेलाडी तथा प्रशिक्षकलाई १५ हजार नगदबाट सम्मान गरिनेछ।

  • ओलम्पियन फुपु एसियाली जुडोको पहिलो खेलमै पराजित

    ओलम्पियन फुपु एसियाली जुडोको पहिलो खेलमै पराजित

    ओलम्पियन महिला जुडो खेलाडी फुपुल्हामु खत्री हङकङमा जारी २३ औं एसियाली जुडो च्याम्पियनसिपको पहिलो खेलमै चिनियाँ खेलाडीबाट पराजित भएकी छिन्। उनीलगायत ३ महिला र ४ पुरुष खेलाडीले प्रतियोगितामा सहभागिता जनाएकोमा शुक्रबार ६ खेलाडीको चुनौती समाप्त भएको छ।

  • च्याम्पियन्स ट्रफी सुरु हुन ४ दिन बाँकी, उपाधि नजित्ने ४ अभागी टिम

    च्याम्पियन्स ट्रफी सुरु हुन ४ दिन बाँकी, उपाधि नजित्ने ४ अभागी टिम

    टेस्टमान्यता प्राप्त राष्ट्रमा ४ देश मात्र यस्ता छन्, जसले उपाधि जितेका छैनन्। यसमा इङ्ल्यान्ड, पाकिस्तान, बंगलादेश र जिम्बाबे रहेका छन्। जिम्बाबेलाई छोडेर यसपालि तीनवटै टिम च्याम्पियन्स ट्रफीमा समावेश छन्।

  • सुंगाका कारण न्युजिल्यान्डका क्रिकेटर मदिरासेवन काण्डमा समातिए

    सुंगाका कारण न्युजिल्यान्डका क्रिकेटर मदिरासेवन काण्डमा समातिए

    ब्रेसवेलले यो दण्ड पाउनुमा रोचक कथा जोडिएको छ। उनले घरमा पालेको सुंगालाई कुकुरले मारेपछि यो घटना भएको थियो। खबर पाएर नशाको अवस्थामै गाडी ड्राइभ गरेका ब्रेसवेल बीच बाटोमा पक्राउ परेका थिए। उनले १ सय दिन सामाजिक सेवामा विताउनु पर्नेछ भने ३ सय ६५ दिन गाडी चलाउन नपाउने गरी दण्ड सजाय पाएका छन्।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी