आउँदो एशियन गेम्सबाट क्रिकेट बाहिर

yamaha
  • Get News Alerts

united
tata

आउँदो वर्ष इन्डोनेसियाको जकार्तामा आयोजना हुने १८ औं एशियन गेम्सबाट क्रिकेट बाहिरिएको छ। पछिल्लो दुई एशियन गेम्समा समावेश क्रिकेटलाई यसपालि समावेश नगरिएको ओलम्पिक काउन्सिल अफ एसिया(ओसिए) का निर्देशक हुसेन अल मुसेल्लमले जानकारी दिएका छन्।

इन्डोनेसियाले १९६२ पछि दोस्रो पल्ट एशियन गेम्सको आयोजना गर्दैछ। प्रतियोगिता २०१८ को २८ अगस्टदेखि सुरु हुँदैछ।

प्रमुख देशहरुले यसपालि आफ्नो क्रिकेट टिमलाई पठाउन अनिइच्छा देखाएपछि बाहिर राखेको ओसिएले बताएको छ। यसपालि इन्चोन एशियन गेम्सभन्दा ३ खेल बढि समावेश गरिएको छ। सन् २०२० को टोकियो ओलम्पिकमा समावेश ३३ खेलभन्दा बढि खेल अठारौं एशियन गेम्समा हुने पनि बतााइएको छ।

यसपालि एशियन गेम्समा ३९ खेलमा ४ सय २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा उक्लियो

    गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा उक्लियो

    किङ इलेभेन पञ्जावले २६ रनले गुजरात लायन्सलाई पराजित गरेको छ। केही समय अगाडि सम्पन्न खेलमा गुजरातलाई पराजित गरेको पञ्जाव ७ खेलमध्ये ३ मा विजयी हुँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। गुजरातको भने ७ खेलमा यो पाँचौ पराजय हो।

  • रियल म्याड्रिडविरुद्ध नेइमारले खेल्न नपाउने

    रियल म्याड्रिडविरुद्ध नेइमारले खेल्न नपाउने

    नेइमारलाई रियल म्याड्रिडविरुद्ध टिममा समावेश गराउने विषयमा २ दिनदेखि चलिरहेको अन्यौलता समाप्त भएको छ। बार्सिलोनाले आज राती सान्टियागो बेर्नाबेउमा हुने खेल पूर्व नेइमार निलम्बनका कारण अनुपस्थित हुने सार्वजनिक गरेको छ।

  • दीनेश कार्तिकको नाममा सय शिकारको कीर्तिमान

    दीनेश कार्तिकको नाममा सय शिकारको कीर्तिमान

    दीनेश कार्तिक आइपिएलमा सय शिकार गर्ने पहिलो विकेटकिपर बन्न पुगेका छन्। उनले किङ इलेभेन पञ्जावविरुद्ध हाल जारी रहेको खेलमा मनन बोहरालाई विकेट पछाडि समातेपछि आइपिएलमा यो कीर्तिमान बनाएका हुन्।

  • विश्व फुटबलको रोमाञ्चक खेल आज

    विश्व फुटबलको रोमाञ्चक खेल आज

    म्याड्रिड टिममा सेन्टर डिफेन्स राफायल भार्ने चोटका कारण बाहिर छन्। पछिल्लो खेलमा मेसीलाई कडा मार्कमा राखेका भार्नेको अनुपस्थितिले बार्सिलोनामा केही उत्साह थपिएको छ। किनभने मेसी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले २९ गोल गरिसकेका छन्। च्याम्पिन्स लिगको क्वाटरफाइनलमा युभेन्ट्ससँग कुनै गोल गर्न नसकेर घाइते बाघ‌झैं बनेका मेसीको अगाडि यतिबेला म्याड्रिड उभिएको छ।

  • चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी