शाहिद आफ्रिदीलाई विराट कोहलीको जर्सी उपहार

चुनाव
  • Get News Alerts

tata

केही समय अगाडि क्रिकेटबाट सन्यास लिएका पाकिस्तानका बिस्फोटक ब्याट्सम्यान शाहिद आफ्रिदीलाई भारतीय कप्तान विराट कोहलीले रोचक उपहार प्रदान गरेका छन्। कोहलीले भारतीय खेलाडीको हस्ताक्षरले भरिएको जर्सी आफ्रिदीलाई प्रदान गरेका हुन्।

आफ्नो सम्मानका लागि कोहलीले पठाएको जर्सी प्रीत आफ्रिदीले आभार व्यक्त गरेका छन्। उनले आफ्नो ट्विटर हेन्डलमा लेखेका छन्, ‘यो उपहारका लागि तपाई र पुरै भारतीय टोलीलाई आभार।’
कोहलीले पनि ट्विटबाट आफ्रिदीलाई शुभकामना दिँदै लेखेका छन्, ‘शाहिद भाई शुभकामना। तपाईविरुद्ध खेल्दा सधै रमाईलो भयो।’

भारतीय कप्तानले पठाएको जर्सीमा १८ नम्बर र विराट लेखेको छ। जर्सीमा कोहली, आशिष नेहरा, सुरेश रैना, मोहम्मद समी, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, अजिङ्क रहाणे, शिखर धवन, रविचन्द्रन अश्विन, हार्दिक पाण्ड्या जस्ता खेलाडीको हस्ताक्षर छ।

३७ वर्षीय आफ्रिदीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरलाई गत फेब्रुअरीमा बिदा भनेका थिए।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

  • म्यानचेस्टर २–० ले अगाडि, मखिटारियनको दोस्रो गोल

    म्यानचेस्टर २–० ले अगाडि, मखिटारियनको दोस्रो गोल म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको ३ मिनेट भित्रै दोस्रो गोल थपेको छ। युरोपा लिगअन्तर्गत हाल स्टोकहोल्ममा भइरहेको युरोपा लिगको फाइनलमा डच क्लब आयाक्सविरुद्ध ४८ मिनेटमा म्यानचेस्टरले २–० को अग्रता बनाएको छ। म्यानचेस्टरका लागि दोस्रो गोल हेनरिख ...

  • पाउल पोग्बाले दिलाए म्यानचेस्टरलाई पहिलो गोलको सफलता

    पाउल पोग्बाले दिलाए म्यानचेस्टरलाई पहिलो गोलको सफलता

    इङ्लिस क्लब म्यानचेस्टरले क्लबका सर्वाधिक महंगा खेलाडी पाउल पोग्बाको गोलमा १८ मिनेटमा १–० को अग्रता बनाएको हो। पोग्बाले २५ यार्ड टाढाबाट हानेको प्रहार आयाक्सका डिफेन्डर डेभिन्सन साञ्चेजको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।

  • मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

    मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

    तर, उनको तर्कसँग अदालत सहमत हुन सकेन। बुधबार अदालतले आफ्नो निर्णयमा भनेको छ, ‘जो मान्छे ठूलो मात्रामा आम्दानी गर्छ, उसलाई कर तिर्नु पर्छ भन्ने थाहा नभएको तर्कसँग सहमत हुन सकिन्न।’

  • प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

    प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

    नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जितसँगै पुलिसले दुई अङ्क जोडेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी