च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडको भिडन्त एट्लेटिकोसँग

yamaha
  • Get News Alerts

united
tata

गत वर्षका दुई फाइनलिस्ट रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड यो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा भिड्ने पक्का भएको छ।

गत वर्ष एट्लेटिकोलाई फाइनलमा हराएर रियल च्याम्पियन्स लिगको विजेता बनेको थियो। २०१४ को फाइनलमा पनि यी दुवै टोली फाइनल पुगेका थिए। स्पेनका यी दुई प्रतिद्वन्द्धीबीच यसपालि सेमिफाइनलमै भेट भएको हो। आज सार्वजनिक खेल तालिकामा इटालीको युभेन्ट्सले जहाँ फ्रान्सको मोनाको क्लबलाई सेमिफाइनलमा आफ्नो प्रतिद्वन्दी पाएको छ, त्यहीँ दुई स्पेनिस क्लबबीच पुनः भिडन्त हुन लागेको हो।

यी दुई क्लबबीच पहिलो लेगको भिडन्त मे २ मा सान्टियागो बेर्नाबेउमा हुनेछ। दोस्रो लेगको खेल एट्लेटिकोको रंगशालामा मे १० मा हुनेछ।
युभेन्ट्स र मोनाकोबीच पहिलो लेगको खेल मे ३ र दोस्रो लेगको खेल मे ९ मा हुनेछ।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो।

  • म्यानचेस्टरलाई धक्का, इब्राहिमोभिक र रोजो लामो समय बाहिर

    म्यानचेस्टरलाई धक्का, इब्राहिमोभिक र रोजो लामो समय बाहिर

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई गम्भीर धक्का लागेको छ। उसको स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिक र डिफेन्डर मार्कुस रोजो धुँडाको गम्भीर समस्याका कारण लामो समय मैदान बाहिर रहन सक्ने चिकित्सकहरुले बताएका छन्।

  • दिल्लीविरुद्ध मुम्बईको १४ रनको रोचक विजय

    दिल्लीविरुद्ध मुम्बईको १४ रनको रोचक विजय

    केही समयअगाडि आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा कागिसो राबाडा र क्रिस मोरिसको ९१ रनको साझेदारीलाई जसप्रित बुमराले १८ दशमलव ४ ओभरमा तोडेपछि मुम्बईले २०११ देखि आइपिएलमा दिल्लीलाई आफ्नो घरमा हराउदै आएको कीर्तिमानलाई निरन्तरता दियो। मुम्बईको ७ खेलमा ६ जित हो।

  • विर्ता युनाइटेडलाई पाँचथर गोल्डकपको उपाधि

    विर्ता युनाइटेडलाई पाँचथर गोल्डकपको उपाधि

    पाँचथरको सदरमुकाम फिदिममा जारी प्रथम पाँचथर गोल्डकपको उपाधि विर्ता युनाइटेड झापाले जितेको छ। शनिवार सम्पन्न फाइनलमा एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विर्ता युनाइटेड च्याम्पियन बनेको हो। उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपिएफले १ लाख रुपैयाँ हात पार्‍यो ।

  • अमित मिश्राको मेडन ओभरको अगाडि मुम्बई १ सय ४२ मा रोकियो

    अमित मिश्राको मेडन ओभरको अगाडि मुम्बई १ सय ४२ मा रोकियो

    दिल्ली डेयरडेभिल्सको अनुशाषित बलिङ र फिल्डिङका कारण मुम्बई इन्डियन्स आफ्नो घरेलु मैदानमा १ सय ४२ रनमा रोकिएको छ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी