चर्चित महिला रेस्लर चायनाको डकुमेन्ट्री सार्वजनिक हुने

चुनाव
  • Get News Alerts

tata

चर्चित महिला रेस्लर चायनाको डकुमेन्ट्री सार्वजनिक हुने भएको छ। महिला रेस्लरको रुपमा निकै ख्याती कमाएकी चायना गत वर्ष क्यालिफोर्नियास्थित रेडोन्डा बिचमा रहेको आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी थिइन्। उनको उमेर ४६ वर्ष थियो।

ट्रिपल एच र सेन माइकल जस्ता पार्टनरसँग रिङमा उत्रिने चायना ‘डि–जेनेरेशन एक्स’ की संस्थापक सदस्य पनि हुन्। ठूलो शरीर र रिङमा लड्न निपूर्ण भएका कारण विश्वभरी उनका थुप्रै प्रसंसक रहेका छन्। उनको उचाइँ मात्र ६ फिट थियो।

उनले १९९५ देखि २०११ सम्म रिङमा अनगिन्ति भिडन्त गरेकी थिइन्। यसअवधिमा चायनाले मोडलिङ मात्र होइन, केही फिल्ममा अभिनय पनि गरेकी थिइन्। उनी दुई पल्ट विश्वकै कामुक मानिने प्लेब्वाई पत्रिकाको मुख्य पृष्ठमा पनि देखा परिन्। सन् २०११ मा रेस्लिङबाट सन्यास लिएपछि उनी अत्याधिक मात्रामा मदिरा सेवन गर्ने र औषधी प्रयोग गर्थिन्। उनको निधन हुनुमा औषधीको असावधानीपूर्वक अधिक प्रयोग गरेको बताइएको थियो।

डकुमेन्ट्रीमा उनको खेल जीवनलाई मात्र नभएर सबै पक्षलाई समेटिने बताइएको छ। चायनाको वास्तविक नाम जोआन मारी लाउरेर हो।

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • मराट सफिनले रुसको संसद पदबाट राजीनामा गरे

    मराट सफिनले रुसको संसद पदबाट राजीनामा गरे

    पूर्व नम्बर एक तथा दुई पल्टका ग्रान्ड स्लाम विजेता मराट सफिनले रुसको सासंद पदबाट राजीनामा गरेको घोषणा गरेका छन्। सफिन विगत ६ वर्षदेखि रुसी सासंद पदमा नियुक्त थिए। उनले विहिबार पदबाट राजीनामा गरेका हुन्।

  • बार्सिलोना कर छली मुद्धामा मेसी र उनको बुवाको समर्थनमा

    बार्सिलोना कर छली मुद्धामा मेसी र उनको बुवाको समर्थनमा

    यसविरुद्ध मेसीले स्पेनको उच्च अदालतमा पुनरावलोकनका लागि मुद्धा दायर गरेका थिए। दुई दिनअघि उच्च अदालतले पनि अघिल्लो फैसलालाई जारी राख्ने आदेश दिएको थियो। तर, बुवा जर्जेको २१ महिनाको जेल सजाय घटाएर १५ महिनामा झारेको थियो।

  • प्रधानमन्त्री कप क्रिकेटः नेपाल पुलिस क्लब विजयी

    एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।

  • भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

    मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डी बियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

  • माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी