सेल्टा भिगो पनि पहिलो पल्ट युरोपा लिगको सेमिफाइनलमा

चुनाव
  • Get News Alerts

tata

स्पेनिस क्लब सेल्टा भिगो पहिलो पल्ट युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। १६ वर्षपछि युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको स्पेनिस क्लबले गएराती बेल्जियमको जेन्क क्लबलाई पाखा लगाउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो।

यसपालि युरोपा लिगको सेमिफाइनल प्रवेश गर्ने क्लबहरुमा स्पेनको सेल्टा भिगोसँगै इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, फ्रान्सको लियोन र नेदरल्यान्ड्सको आयाक्स रहेको छ।

सेल्टाले बेल्जियम क्लबलाई उसैको घरेलु मैदानमा क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकेपछि सेमिफाइनल स्थान पक्का गरेको हो। यसअघि पहिलो लेगको खेलमा सेल्टा ३–२ गोलले विजयी भएको थियो। सेल्टाले क्वाटरफाइनलको नतिजा समग्रमा ४–३ गोलले आफ्नो पक्षमा पारेको हो।

गएराती पियोन सिस्टोको गोलमा सेल्टाले अग्रता लिएको थियो। उनले ६३ मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। लियान्ड्रो ट्रोसार्डले ६७ मिनेटमा गोल फर्काए पनि त्यो सेमिफाइनल प्रवेशका लागि पर्याप्त भएन्।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • मराट सफिनले रुसको संसद पदबाट राजीनामा गरे

    मराट सफिनले रुसको संसद पदबाट राजीनामा गरे

    पूर्व नम्बर एक तथा दुई पल्टका ग्रान्ड स्लाम विजेता मराट सफिनले रुसको सासंद पदबाट राजीनामा गरेको घोषणा गरेका छन्। सफिन विगत ६ वर्षदेखि रुसी सासंद पदमा नियुक्त थिए। उनले विहिबार पदबाट राजीनामा गरेका हुन्।

  • बार्सिलोना कर छली मुद्धामा मेसी र उनको बुवाको समर्थनमा

    बार्सिलोना कर छली मुद्धामा मेसी र उनको बुवाको समर्थनमा

    यसविरुद्ध मेसीले स्पेनको उच्च अदालतमा पुनरावलोकनका लागि मुद्धा दायर गरेका थिए। दुई दिनअघि उच्च अदालतले पनि अघिल्लो फैसलालाई जारी राख्ने आदेश दिएको थियो। तर, बुवा जर्जेको २१ महिनाको जेल सजाय घटाएर १५ महिनामा झारेको थियो।

  • प्रधानमन्त्री कप क्रिकेटः नेपाल पुलिस क्लब विजयी

    एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।

  • भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

    मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डी बियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

  • माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी