एउटै खेलमा ८–८ वटा पेनाल्टी सुटआउट

yamaha
  • Get News Alerts

united
युरोपा लिग
tata

फ्रेन्च क्लब लियोन सडेनडेथको पेनाल्टी सुटआउटमा ७–६ गोलले टर्कीस क्लब बेसिकाट्सलाई पराजित गर्दै नाटकीय रुपमा युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ।

निर्धारित ९० मिनेटको खेलमा टर्कीस क्लबले २–१ को अग्रता बनाएको अवस्थामा समग्रमा खेल ३–३ गोलको बराबरीमा टुँगिएको थियो। यसपछि थप गरिएको समयमा पनि कुनै टोलीबाट गोल हुन सकेन्।

यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले सुरुको ५–५ पेनाल्टीलाई गोलमा परिणत गरे। यसपछि पेनाल्टी पनि सडेनडेथमा पुगेको थियो। छैटौ पेनाल्टीमा पनि दुवै तर्फबाट गोल भयो। सातौं पेनाल्टीमा दुवैतर्फबाट गोल भएन्।

आठौं पेनाल्टीमा भने घरेलु बेसिकाट्सका गोनुल मिट्रोभिकको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेसले बचाएका थिए। लियोनका टोउसार्ट गोनालोन्सको आठौं पेनाल्टी भने गोलमा परिणत भएको थियो।
नाटकीय लाग्ने यो नतिजासँगै ७ वर्षपछि लियोन युरोपा लिगको सेमिफाइनल प्रवेश गर्यो। पछिल्लो समय २०१० मा लियोन अन्तिम ४ मा प्रवेश गरेको थियो।

गत साता लियोनमा भएको युरोपा लिगको पहिलो लेगको खेलमा बेसिकाट्स २–१ गोलले पछाडि थियो। गएराती टर्कीमा भएको खेलमा बेसिकाट्सले पोर्चुगिज मिडफिल्डर टालिस्काको २७ र ५८ मिनेटमा गरेको दुई गोलको सहयोगले अग्रता बनाउन सफल भएको थियो। लियोनका लागि ३४ मिनेटमा स्ट्राइकर एलेक्जान्ड्रे लाकाजेटीले गोल गरेका थिए।

बेसिकाट्सको पेनाल्टी
बाबेल– गोल
टोसन– गोल
हुचिन्सन– गोल
आर्सलान– गोल
टालिस्का– गोल
उयासल– गोल
टोसिक– बचाउ
मिट्रोभिक– बचाउ

लियोनको पेनाल्टी
फेकिर– गोल
टोलिसो– गोल
घाजल– गोल
रिबस– गोल
भालबुएना– गोल
दाइखाबी– गोल
जालेट– गोल पोस्ट बाहिर
गोनालोन्स– गोल

 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो।

  • म्यानचेस्टरलाई धक्का, इब्राहिमोभिक र रोजो लामो समय बाहिर

    म्यानचेस्टरलाई धक्का, इब्राहिमोभिक र रोजो लामो समय बाहिर

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई गम्भीर धक्का लागेको छ। उसको स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिक र डिफेन्डर मार्कुस रोजो धुँडाको गम्भीर समस्याका कारण लामो समय मैदान बाहिर रहन सक्ने चिकित्सकहरुले बताएका छन्।

  • दिल्लीविरुद्ध मुम्बईको १४ रनको रोचक विजय

    दिल्लीविरुद्ध मुम्बईको १४ रनको रोचक विजय

    केही समयअगाडि आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा कागिसो राबाडा र क्रिस मोरिसको ९१ रनको साझेदारीलाई जसप्रित बुमराले १८ दशमलव ४ ओभरमा तोडेपछि मुम्बईले २०११ देखि आइपिएलमा दिल्लीलाई आफ्नो घरमा हराउदै आएको कीर्तिमानलाई निरन्तरता दियो। मुम्बईको ७ खेलमा ६ जित हो।

  • विर्ता युनाइटेडलाई पाँचथर गोल्डकपको उपाधि

    विर्ता युनाइटेडलाई पाँचथर गोल्डकपको उपाधि

    पाँचथरको सदरमुकाम फिदिममा जारी प्रथम पाँचथर गोल्डकपको उपाधि विर्ता युनाइटेड झापाले जितेको छ। शनिवार सम्पन्न फाइनलमा एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विर्ता युनाइटेड च्याम्पियन बनेको हो। उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपिएफले १ लाख रुपैयाँ हात पार्‍यो ।

  • अमित मिश्राको मेडन ओभरको अगाडि मुम्बई १ सय ४२ मा रोकियो

    अमित मिश्राको मेडन ओभरको अगाडि मुम्बई १ सय ४२ मा रोकियो

    दिल्ली डेयरडेभिल्सको अनुशाषित बलिङ र फिल्डिङका कारण मुम्बई इन्डियन्स आफ्नो घरेलु मैदानमा १ सय ४२ रनमा रोकिएको छ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी