अफ्रिकी टिमबाट डेल स्टेन बाहिर

चुनाव
  • Get News Alerts

tata

दक्षिण अफ्रिकाका तीब्र बलर डेल स्टेन आइसिसी च्याम्पियन्स ट्रफीका लागि टिमबाट बाहिरिएका छन्। उनलाई १ जुनदेखि इङ्ल्यान्डमा सुरु हुने च्याम्पियन्स ट्रफीका लागि घोषित १५ सदस्यीय अफ्रिकी टोलीबाट बाहिर राखिएको हो। उनी चोटग्रस्त रहेको बताइएको छ।

च्याम्पियन्स ट्रफीका लागि घोषित टिममा अर्का तीब्र बलर मोर्ने मोर्कल र भारतीयमूलका स्पिनर केशव महाराजालाई टिममा समावेश गरिएको छ। फिलेन्डर बाहिरिएका छन्। चोटग्रस्त कप्तान एबी डीभिलयर्स पुनः टिममा फर्किएका छन्। उनी फिट भएर हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन्। अफ्रिकी टिम डीभिलियर्सकै कप्तानीमा उत्रिने स्पष्ट पारिएको छ।

अफ्रिकी टिम यस प्रकार रहेको छ।

एबी डीभिलियर्स (कप्तान), हासिम अमला, मार्ने मोर्कल, क्विन्टन डि काक, फाफ डु प्लेसिस, जेपी डुमिनी, डेभिड मिलर, क्रिस मोरिस, वायने पार्नेल, फेनलुकवायो, क्यागिसो रबादा, इमरान ताहिर, केशव महाराजा, ड्वेन प्रिटोरियस, फरहान बेहारडियन,

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

  • म्यानचेस्टर २–० ले अगाडि, मखिटारियनको दोस्रो गोल

    म्यानचेस्टर २–० ले अगाडि, मखिटारियनको दोस्रो गोल म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको ३ मिनेट भित्रै दोस्रो गोल थपेको छ। युरोपा लिगअन्तर्गत हाल स्टोकहोल्ममा भइरहेको युरोपा लिगको फाइनलमा डच क्लब आयाक्सविरुद्ध ४८ मिनेटमा म्यानचेस्टरले २–० को अग्रता बनाएको छ। म्यानचेस्टरका लागि दोस्रो गोल हेनरिख ...

  • पाउल पोग्बाले दिलाए म्यानचेस्टरलाई पहिलो गोलको सफलता

    पाउल पोग्बाले दिलाए म्यानचेस्टरलाई पहिलो गोलको सफलता

    इङ्लिस क्लब म्यानचेस्टरले क्लबका सर्वाधिक महंगा खेलाडी पाउल पोग्बाको गोलमा १८ मिनेटमा १–० को अग्रता बनाएको हो। पोग्बाले २५ यार्ड टाढाबाट हानेको प्रहार आयाक्सका डिफेन्डर डेभिन्सन साञ्चेजको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।

  • मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

    मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

    तर, उनको तर्कसँग अदालत सहमत हुन सकेन। बुधबार अदालतले आफ्नो निर्णयमा भनेको छ, ‘जो मान्छे ठूलो मात्रामा आम्दानी गर्छ, उसलाई कर तिर्नु पर्छ भन्ने थाहा नभएको तर्कसँग सहमत हुन सकिन्न।’

  • प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

    प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

    नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जितसँगै पुलिसले दुई अङ्क जोडेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी