पारस खड्काको उत्कृष्ट प्रदर्शनले रूपन्देहीलाई १७३ रनको लक्ष्य

yamaha
  • Get News Alerts

united
tata

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत क्वालिफायर-२ मा टिम चौराह धनगढीले रूपन्देही च्यालेन्जर्सलाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ। 

धनगढीका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रनको नटआउट पारी खेले। एसएसपी कार्यालय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७२ रनको ठूलो स्कोर बनाएको हो। टिममा सम्मानजनक स्कोर बनाउन कप्तान पारस खड्काले कप्तानी इनिङ खेल्दै ४१ बलमा ६ छक्का र ४ चौक प्रहार गरेका थिए।

यस्तै चौराहाका लागि राजु रिजालले २५, सौरभ खनाले नटआउट २४, अमर राउटेलाले १६ तथा अनिल मण्डलले १३ रन बनाएपछि प्रतियोगिताकै सर्वाधिक रन बनाएको हो।

यो खेलमा जित्ने शनिबार हुने फाइनलामा प्रवेश गर्नेछ । फाइनलमा शरद भेषावकरको टोली विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।

 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • युनुस बने १० हजार रन बनाउने पहिलो पाकिस्तानी ब्याट्सम्यान

    युनुस बने १० हजार रन बनाउने पहिलो पाकिस्तानी ब्याट्सम्यान

    ३९ वर्षीय युनुस टेस्टमा १० हजार रन पुरा गर्ने १३ औं ब्याट्सम्यान पनि बन्न पुगेका छन्। पाकिस्तानका लागि १ सय १६ टेस्ट खेलेका युनुसले तीन टेस्टको क्यारेबियन भ्रमणपछि क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन्। उनले टेस्टमा डेब्यु २००० मा गरेका थिए।

  • मेसीको नयाँ कीर्तिमान, बार्सिलोनाबाट ५ सय गोल

    मेसीको नयाँ कीर्तिमान, बार्सिलोनाबाट ५ सय गोल

    २९ वर्षीय मेसीले म्याड्रिडविरुद्ध ‘अल क्लासिको’ भिडन्तमा पनि नयाँ आयाम थपेका छन्। उनी ला लिगाअन्तर्गत ‘अल क्लासिको’ भिडन्तमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बन्न पुगेका छन्। यसअघि यो कीर्तिमान रियल म्याड्रिडका महान अर्जेन्टिनी खेलाडी डि स्टेफानोको नाममा थियो। उनले ला लिगामा बार्सिलोनाविरुद्ध १४ गोल गरेका थिए।

  • भावी प्रधानन्यायाधीश पराजुलीको एसएलसी प्रमाणपत्रै गायब!

    भावी प्रधानन्यायाधीश पराजुलीको एसएलसी प्रमाणपत्रै गायब!

    २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ । नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो । ‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ,’ क्याम्पस प्रशासन स्रोतले भन्यो । यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।

  • मेसीलाई रोक्ने योजना बनाउन नसक्दा म्याड्रिड आफ्नै घरमा ३–२ ले पराजित

    मेसीलाई रोक्ने योजना बनाउन नसक्दा म्याड्रिड आफ्नै घरमा ३–२ ले पराजित

    तर, यति हुँदा पनि जिदानसँग मेसीलाई रोक्ने कुनै अचुक अस्त्र देखिएन्। त्यसैले म्याड्रिडको गोल पोस्टतर्फ पुछली झै नाचेका मेसीले कप्तान सर्जियो रामोसलाई उद्देलित तुल्याएका थिए। पछि उनी मेसीलाई नै खराब ट्याकल गरेको आरोपमा रातो कार्ड पाएर मैदान छोड्न विवश भए।

  • मैदानमा जर्सी फुकालेका मेसीलाई पहेँलो कार्ड

    मैदानमा जर्सी फुकालेका मेसीलाई पहेँलो कार्ड

    रियल म्याड्रिडविरुद्ध उसैको घरेलु मैदानमा २ गोल गरेका बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले पहेँलो कार्ड पाएका छन्। यो कार्ड उनले खराब ट्याकल गरेर होइन, गोलको उत्सव मनाउँदा पाएका हुन्।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी