केन विलियम्सन पहिलो खेलमै उत्कृष्ट खेलाडी, हैदराबाद १५ रनले विजयी

yamaha
  • Get News Alerts

united
आइपिएल
tata

भुवनेश्वर कुमारको अर्को प्रभावशाली बलिङका कारण सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ। हैदराबादले पहिलो इनिङमा ४ विकेटको क्षतिमा बनाएको १ सय ९१ रनलाई पछ्याउने क्रममा दिल्ली ५ विकेटको क्षतिमा १ सय ७६ रनमा खुम्चियो। यो नतिजासँगै हैदराबाद ६ मध्ये ४ खेल जितेर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली ५ मध्ये तेस्रो खेल हारेर पनि चौथो स्थानमै छ।

आज हैदराबादलाई विजय दिलाउन दशौं आइपिएलको पहिलो खेल खेलिरहेका न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन र हैदराबाद रणजी ट्रफीका तीब्र बलर मोहम्मद सिराज दुवैले उत्कृष्ट प्रदर्शन गरे। बाँकी काम भुवनेश्वर कुमारले गरे। दशौं आइपिएलको ५ खेलमा १५ विकेट लिइसकेका भुवनेश्वर पहिलो पल्ट विकेट बिहिन बने। तर, उनले एउटा पनि छक्का नखाई ४ ओभरमा २९ रन मात्र खर्चे।

दिल्लीलाई जित दिलाउन युवा ब्याट्सम्यान सञ्जु सामसन, करुण नायर र श्रेयष एैयरले कडा मेहनत गरेका थिए। तर, अनुभवको कमीका कारण उनीहरु असफल रहे। प्रारम्भिक ब्याट्सम्यान सामसनले २ छक्का र ३ चौकाको सहयोगले ३३ बलमा ४२ रन बनाए। नायरले २३ बलमा ३३ र मध्यक्रममा एैयरले २ छक्का र ५ चौकाको सहयोगले ३० बलमा ४९ रन बनाउदै खेल तान्ने प्रयास गरेका थिए।

एञ्जेलो म्याथ्युसले २५ रन बनाए पनि खासै केही गर्न सकेनन्। सिराजले दिल्लीका दुई प्रभावशाली ब्याट्सम्यान साम बिलिङ्स (१३) र सामसनको विकेट लिए।

यसअघि हैदराबादका लागि विलियम्सनले ५ छक्काको सहयोगले ५१ बलमा ८९ रन बनाका थिए। कप्तान डेभिड वार्नर आइपिएलको पछिल्लो १७ खेलपछि पहिलो पल्ट दोहोरो अंक छुन नसकेको अवस्थामा विलियम्सनले ३३ बलमा अर्धसतक पुरा गर्दै बिस्फोटक सुरुवात गरेका थिए। उनले प्रारम्भिक ब्याट्सम्यान शिखर धवनसँग मिलेर ७० बलमा सतकीय साझेदारी गरेका थिए।

धवनले पनि ५० बलमा १ छक्का र ७ चौकाको सहयोगले ७० रन बनाएका थिए। वार्नर ४ रन बनाएर आउट भएको स्थितिमा यी दुवैले टिमलाई सम्हालेका थिए। विलियम्सनले पावरप्ले हटेपछि ३७ बलमा ७७ रन हिर्काएका थिए।

युवराज सिंहको २ सय टि–२० खेल रहेको यो खेलमा उनले खासै राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ३ रन बनाएर आउट भए। मोएसेस हेनरिकेसले अविजित १२ रन बनाए। खेलको म्यान अफ दि म्याच विलियम्सन घोषित भए। 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा उक्लियो

    गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा उक्लियो

    किङ इलेभेन पञ्जावले २६ रनले गुजरात लायन्सलाई पराजित गरेको छ। केही समय अगाडि सम्पन्न खेलमा गुजरातलाई पराजित गरेको पञ्जाव ७ खेलमध्ये ३ मा विजयी हुँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। गुजरातको भने ७ खेलमा यो पाँचौ पराजय हो।

  • रियल म्याड्रिडविरुद्ध नेइमारले खेल्न नपाउने

    रियल म्याड्रिडविरुद्ध नेइमारले खेल्न नपाउने

    नेइमारलाई रियल म्याड्रिडविरुद्ध टिममा समावेश गराउने विषयमा २ दिनदेखि चलिरहेको अन्यौलता समाप्त भएको छ। बार्सिलोनाले आज राती सान्टियागो बेर्नाबेउमा हुने खेल पूर्व नेइमार निलम्बनका कारण अनुपस्थित हुने सार्वजनिक गरेको छ।

  • दीनेश कार्तिकको नाममा सय शिकारको कीर्तिमान

    दीनेश कार्तिकको नाममा सय शिकारको कीर्तिमान

    दीनेश कार्तिक आइपिएलमा सय शिकार गर्ने पहिलो विकेटकिपर बन्न पुगेका छन्। उनले किङ इलेभेन पञ्जावविरुद्ध हाल जारी रहेको खेलमा मनन बोहरालाई विकेट पछाडि समातेपछि आइपिएलमा यो कीर्तिमान बनाएका हुन्।

  • विश्व फुटबलको रोमाञ्चक खेल आज

    विश्व फुटबलको रोमाञ्चक खेल आज

    म्याड्रिड टिममा सेन्टर डिफेन्स राफायल भार्ने चोटका कारण बाहिर छन्। पछिल्लो खेलमा मेसीलाई कडा मार्कमा राखेका भार्नेको अनुपस्थितिले बार्सिलोनामा केही उत्साह थपिएको छ। किनभने मेसी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले २९ गोल गरिसकेका छन्। च्याम्पिन्स लिगको क्वाटरफाइनलमा युभेन्ट्ससँग कुनै गोल गर्न नसकेर घाइते बाघ‌झैं बनेका मेसीको अगाडि यतिबेला म्याड्रिड उभिएको छ।

  • चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी