नाटकीय खेलमा रोनाल्डोको ह्याट्रिक, म्याड्रिड सेमिफाइनलमा

चुनाव
  • Get News Alerts

च्याम्पियन्स लिग
tata

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्धतले जर्मनीको बलियो क्लब वायर्न म्युनिखलाई समग्रमा ६–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।

अघिल्लो ५ खेलमा गोलबिहिन बनेका रोनाल्डोले म्युनिखविरुद्धको क्वाटरफाइनलमा एक्लैले ५ गोल गरेका छन्। उनले जर्मनीको एलियान्ज रंगशालामा भएको पहिलो लेगको खेलमा पनि म्याड्रिडलाई अग्रता दिलाउन २ गोल गरेका थिए। पहिलो लेगमा म्याड्रिड उनकै गोलका कारण २–१ ले विजयी भएको थियो।

बुधबार बिहान सम्पन्न दोस्रो लेगको निर्धारित ९० मिनेटको खेललाई म्युनिखले आफ्नो नियन्त्रणमा राख्यो। उसले निर्धारित समयको खेलमा २–१ गोलको अग्रता पनि बनायो। पहिलो र दोस्रो लेगको नतिजा ३–३ गोलको बराबरीमा टुँगिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।

आफ्नो प्रभावशाली मिडफिल्डर आर्टुरो भिडाललाई रेफ्रिको गलत निर्णयका कारण ८४ मिनेटमा गुमाउनु नै म्युनिखका लागि आजको खेलमा सबैभन्दा ठूलो घाटा भयो। उनको बर्हिगमनपछि घरेलु टोलीले म्युनिखमाथि दबाब बनाएको थियो।

आफ्नो घरेलु मैदानमा २–१ ले पछाडि परेर रियल म्याड्रिडको सान्टियागो बेर्नाबेउमा खेल्न आएको जर्मनी क्लबले निर्धारित ९० मिनेटसम्म सहासिक खेल प्रदर्शन गर्यो।

पहिलो खेल चोटका कारण गुमाएका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको आगमनले जर्मनी क्लबमा ठूलो हौसला बढेको प्रस्ट देखिन्थ्यो। फेरि चोटका कारण अनुपस्थित हुन सक्ने आशंका गरिएका डिफेन्डर माट हुमेल्स पनि आज मैदानमा उत्रिए।

लेवान्डोस्कीले आफ्नो नाम अनुरुप दोस्रो हाफको ९ मिनेटमा पेनाल्टीमार्फत म्युनिखलाई अग्रता दिलाएका थिए। खेलको ५४ मिनेटमा आर्जेन रोबेनलाई डिबक्सभित्र म्याड्रिडका कासिमेरोले लडाएपछि म्युनिखले पेनाल्टीको अवसर पाएको थियो।

तर, यसको २२ मिनेटपछि नै रोनाल्डो गोल फर्काउन सफल भए। उनले ७६ मिनेटमा कासिमेरोको लामो पासमा डिबक्स भित्र रहेका म्युनिख डिफेन्डर फिलिप लाहमलाई स्तब्ध पार्दे हेडिङ गोल गरे।

यसको २ मिनेटपछि म्याड्रिडका कप्तान सर्जियो रामोसको सानो गल्तीका कारण झन्डै घरेलु टोलीले ठूलो मूल्य चुकाउनु पर्यो। अन्य खेलमा विपक्षी गोल पोस्टमा हेडिङ गोल गर्दे आएका रामोसले आज आफ्नै गोल पोस्टमा ७८ मिनेटमा आत्मघाती गोल गरे। यसका कारण खेल अतिरिक्त समयमा लम्बिएको थियो।

यसअघि ८४ मिनेटमा चिलीका मिडफिल्डर भिडाललाई दूर्भाग्यपूर्ण रुपमा रेफ्रिले दोस्रो पहेँलो कार्ड देखाए। जसका कारण म्युनिख दोस्रो लेगको खेलमा पनि १० खेलाडीमा सिमित बन्न पुग्यो। पहिलो लेगमा जाभी मार्टिनेजले रातो कार्ड खाएका थिए।

अतिरिक्त समयमा म्याड्रिड दबाब बनाउन सफल भयो। तर, गोल भने फेरि विवादास्पद भयो। अतिरिक्त समयको पहिलो हाफको १२ मिनेटमा रोनाल्डोले नै गोल गरे। खेलको १ सय ४ मिनेटमा रामोसले डिबक्स भित्र उनलाई दिएको बल अफ थियो। तर, लाइन्सम्यानले झन्डा नउठाएपछि रोनाल्डोले सुरुमा छातीमा लिएर तल झारेको बललाई आफ्नो देब्रे खुट्टाले जाली चुमाएका थिए। अर्को गोल उनले १ सय ९ मिनेटमा गरे। म्युनिखका सबै खेलाडी गोल फर्काउन तल्लिन रहेको अवस्थामा मार्सेलोले दौडाउदै ल्याएर दिएको पासमा रोनाल्डोले गोल गरे। यतिबेला मार्सेलो आफै गोल हान्न सक्थे। तर, उनले अर्को छेउमा गोल गर्न तल्लिन रहेका रोनाल्डोलाई पास दिँदै ह्याट्रिकको अवसर जुराइदिए।

अतिरिक्त समयमा २ गोलले थला परेको म्युनिखविरुद्ध चौथो गोल एसेन्सियोले १ सय १२ मिनेटमा गरे। अन्त्यमा खेल ४–२ गोलमा टुँगियो। अतिरिक्त समयमा रियलले ३ गोल थप्यो। 

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगमा, आर्सनल बाहिरियो

    म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगमा, आर्सनल बाहिरियो

    म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएका छन्। तर, आर्सनल भने छनोटबाट बाहिरिएको छ। आइतबार राती बेग्ला बेग्लै खेलमा सिटीले वार्टफोर्डलाई उसैको घरेलु मैदानमा ५ गोल हाने पछि आगामी सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको हो।

  • युभेन्ट्सले रच्यो इतिहास, लगातार छैटौं पल्ट लिग उपाधि

    युभेन्ट्सले रच्यो इतिहास, लगातार छैटौं पल्ट लिग उपाधि

    मारियो मान्डजुकिकले आफ्नो ३१ औं जन्मदिन मनाउने क्रममा १२ मिनेटमा हुँवा क्वाड्राडोको क्रसमा पहिलो गोल गरेका थिए। दोस्रो गोल अर्जेन्टिनी युवा स्ट्रकर पाउलो डायबालाले फ्रिकिकमार्फत ३९ मिनेटमा गरे। तेस्रो गोल एलेक्स सान्ड्रोले ८३ मिनेटमा गरेपछि युभेन्ट्सले रोमासँगको दुरी ४ अंकमा राख्दै एक खेल खेल्न बाँकी रहँदा उपाधि चुम्यो।

  • वार्नरले बराबरी गरे क्रिस गेलको कीर्तिमान

    वार्नरले बराबरी गरे क्रिस गेलको कीर्तिमान

    सनराइजर्स हैदरावाद एलिमिनेशन राउन्डबाट बाहिरिए पनि दशौं आइपिएलमा यस टोलीका २ खेलाडीले सनसनी मच्चाए। हैदराबादका कप्तान डेभिड वार्नर र तीब्र गतिका बलर भुवनेश्वर कुमारले यसपालिको आइपिएलमा ओरेन्ज र पर्पल दुवै क्याप जित्न सफल भए।

  • बार्सिलोनालाई पछि पार्दे रियललाई ५ वर्षपछि स्पेनिस लिगको उपाधि

    बार्सिलोनालाई पछि पार्दे रियललाई ५ वर्षपछि स्पेनिस लिगको उपाधि

    रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो। बार्सिलोनाले अर्को खेलमा एइबारलाई ४–२ ले पराजित गरेपनि रियलले ३ अंकको स्पष्ट अग्रता बनाउदै २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जित्यो।

  • दशौं आइपिएलमा मुम्बईको रोमाञ्चक जित, १ रनले उपाधि जित्यो

    दशौं आइपिएलमा मुम्बईको रोमाञ्चक जित, १ रनले उपाधि जित्यो

    मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी