भारतीय अफस्पिनर रवीचन्द्रन अश्विन वर्षको उत्कृष्ट बलरबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले प्रदान गर्ने सर ग्यारफिल्ड सोबर्स अवार्डबाट उनलाई मंंगलबार सम्मान गरिएको हो।
उनी आइसिसी क्रिकेटर र टेस्ट क्रिकेटर बलरबाट सम्मानित भएका हुन्। २०१५ को उत्कृष्ट बलर घोषित भएका अश्विनले दुई विद्यामा पुरस्कार पाउनु सम्मानको विषय भएको बताए। उनले भने– यो गर्वको कुरा यो। मैले यसलाई सपना पुरा भएको रुपमा लिएको छु।
१४ सेप्टेम्बर २०१५ देखि २० सेप्टेम्बर २०१६ सम्मको अवधिमा अश्विनले ८ टेस्टमा ४८ विकेट लिनुका साथै ३ सय ३७ रन बनाएका थिए। उनले १९ टि–२० खेलमा २७ विकेट लिएका छन्।