एएफसी एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल ४–१ गोलले पराजित भएको छ। नेपालविरुद्ध पहिलो हाफमा ३ गोल गरेको फिलिपिन्सले दोस्रो हाफमा एक गोल थपेको थियो। नेपालका लागि एक मात्र गोल पहिलो हाफमा विशाल राईले गरेका थिए।
नेपालले १२ मिनेटमै रातो कार्डका कारण डिफेन्डर विक्रम लामालाई गुमाएको थियो। ७८ मिनेट नेपाल १० खेलाडीमा सिमित भएर खेलेको थियो।a