३ गोलले पछि परेको अवस्थामा नेपालका लागि विशाल राईले पहिलो हाफको खेल सकिन ३० सेकेन्ड बाँकी हुँदा गोल गरे।
उनले रेफ्रिले निर्धारित ४५ मिनेटपछि थप गरेको १ मिनेटको समयमा गोल गरेका थिए।
उनलाई गोलका लागि डिफेन्डर रविन श्रेष्ठले डिबक्समा मौका जुराएका थिए। मिडफिल्डर सुजल श्रेष्ठले डिबक्स बाहिरबाट ओभरल्यापमा गएका रविनलाई डिबक्स भित्र बल मिलाएका थिए।
रविनले दुई डिफेन्डरले घरेको अवस्थामा हल्का स्लाइस गर्दै उठाएको बलमा दौडिदै गएर विशालले गोल गरे। उनको अन्तर्राष्ट्रियमा यो पहिलो गोल थियो।