एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा भइरहेको नेपाल र फिलिपिन्सबीचको खेलमा नेपालले ७२ मिनेटमा अर्को गोल खाएको छ। फिलिपिन्सले खेलको १२ औं, २३ औं र २८ औं मिनेटमा गोल हानेको थियो।
नेपालविरुद्ध जाभियर पतिनोले ७२ मिनेटमा चौथो गोल थपेका छन्। दोस्रो हाफमा केही सुध्रिढ खेल प्रदर्शन गरेको नेपाली डिफेन्डरले डिबक्स लाइनमा पतिनोलाई रोक्न नसक्दा नेपालले अर्को गोल खायो।
नेपालविरुद्ध एएफसी एसिया कप छनोटअन्तर्गत पहिलो हाफको खेलमा फिलिपिन्सले ३ गोल हानेको थियो। नेपाल १२ मिनेटदेखि १० खेलाडीमा सिमित भएर खेलिरहेको छ। डिफेन्डर विक्रम लामा रातो कार्ड पाएर सुरुमै मैदानबाट बाहिरिएका थिए।