नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले फिलिपिन्सको पेनाल्टीलाई उत्कृष्ट बचाउ गरेका छन्। विक्रम लामाले १२ मिनेटमा डिबक्समा हातले तानेको बलमा फिलिपिन्सले पेनाल्टीको अवसर पाएको थियो। रेफ्रिले लामालाई रातो कार्ड दिएका थिए।
किरणले कप्तान फिल यङहजब्यान्डको पेनाल्टी प्रहारलाई राम्रो जज गरेका थिए। जसका कारण उनले सम्भावित गोललाई टारे।