नेपाललाई एएफसी एसिया कप छनोटअन्तर्गत हाल मनिलामा भइरहेको फिलिपिन्सविरुद्धको खेलमा गहिरो धक्का लागेको छ। नेपालले खेलको १२ मिनेटमै रातो कार्डका कारण एक खेलाडीलाई गुमाउन पुगेको छ।
फिलिपिन्सको खेलाडीको लामो प्रहारलाई डिबक्समा हातले रोकेका कारण विक्रम लामाले रातो कार्ड पाएका छन्।
उनले फिलिपिन्सका ले डिबक्स भित्र हेडिङ गरेको बल गोलकिपर किरण चेम्जोङलाई उछिनेर गोल पोस्टतर्फ गएको अवस्थामा हातले रोकेका थिए। नेपाल अहिले १० खेलाडीमा सिमित भएर खेलिरहेको छ। उनले हातले रोकेपछि फिलिपिन्सले पेनाल्टीको अवसर पाएको थियो।