एएफसी एसिया कप छनोटअन्तर्गत केही करिब एक घण्टापछि फिलिपिन्ससँग मनिलामा भिड्न लागेको नेपाली टोलीलाई केही राहत मिलेको छ। फिलिपिन्सले आफ्नो दुई स्टार खेलाडी केभिन इन्ग्रेसो र मिसाग बाहाडोरन चोटका कारण आजको खेलमा नउत्रिने फिलिपिन्सले जनाएको छ।
केभिन जर्मनीको ह्मबर्गमा जन्मिएका थिए। उनकी आमा जर्मनी हुन्। २४ वर्षीय यी मिडफिल्डरले जर्मनीको युथ–१५ टिमबाट खेलिसकेका छन्। यिनलाई २ वर्षअघि फिलिपिन्सले डेब्युको मौका दिएको थियो। ह्यामस्ट्रिङको समस्याका कारण उनी खेल्ने विषयमा पहिले देखि नै अड्कलबाजी चल्दै आइरहेको थियो।
इरानीयन बुवाका ३० वर्षीय छोरा मिसाग फरवार्ड हुन्। उनको घुँडामा चोट छ। पेसाले डेन्टिस्ट मिसागले २०११ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।