बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ। दिलीप नाथको ठाउँमा आएका शरद भेसवाकर २ रनको व्यक्तिगत स्कोरमा आउट भए। उनलाई रातुलले आउट बनाए।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिलीप नाथ ४१ रन बनाएर आउट भएका थिए भने। कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा आउट भएका थिए।
यस्तै पाँचौ ओभरको दोस्रो बलमा सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा आउट भए।
बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो।