बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो ५ ओभर भित्रै महत्वपूर्ण दुई विकेट गुमाएको छ। टेस्ट राष्ट्र बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमायो। यस्तै पाँचौ ओभरको दोस्रो बलमा सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा आउट भए।
यसअघि बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो।