नेपालले एसीसी इमर्जिङ कप क्रिकेट अन्तर्गत नेपालले बंगलादेशविरूद्ध आठौं विकेट हात पारेको छ। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विकेट लिएका हुन्। ४१औं ओभरको दोस्रो बलमा राहतुललाई आउट बनाएका हुन्।
नेपालका लागि सन्दिप लामिछाने र अविनाश कर्णले ३-३ तथा मेहबुब आलमले १ विकेट लिइसकेका छन्।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पावरप्लेमै आयोजक बंगलादेशका चार विकेट लिएको थियो। बंगलादेश दश ओभरको समाप्तीमा ४ विकेट गुमाएर ३३ रन बनाएको थियो।
सुरुवाति ५ ओभरमा नेपालका अविनाश कर्णले हरेक हरेक ओभरमा विकेट लिए। यस्तै महबुब आलमले पावर प्लेको अन्तिम बलमा बंगलादेशको चौथो विकेट लिएका हुन्।
यस्तै सन्दिप लामिछानेले २५औं ओभरको पहिलो बलमा बंगलादेशका मोमिलुन हकलाई आउट बनाए। यस्तै ३२औं ओभरको दोस्रो बलमा लामिछानेले नै आरिफ हसनलाई आउट बनाए।
४० ओभर खेलेर बंगलादेश ७ विकेट गुमाउँदै १७५ खेलिरहेको छ। बंगालदेशका नासिर हसन ६७ रन बनाएर खेलिरहेका छन्।