नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन्। टेष्ट राष्ट्र पाकिस्तान विरूद्ध खेलिरहेको नेपालले पहिलो विकेटका रूपमा इमरान बटलाई आउट बनाएका हुन्। बटले ४४बल खेलेर २१ रन बनाएका थिए।
१७.३ ओभर लामो साझेदार तोड्दै सन्दिपले १७.४ ओभरमा बटलाई बोल्ड बनाएका हुन्। १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान १ विकेट गुमाएर ७० रनमा खेलिरहेको छ।