एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१* रनको चुनौति दिएको छ। निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पाकिस्तानको २३ वर्ष मुनिको टोलिविरूद्ध नेपालले १८० रन बनाएको हो। बंग्लादेशमा टस हारेर ब्याटिङमा ओर्लिएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए। उनले १२५ बलको सामना गर्दै ३ चौकाको मद्धतमा ४३ रन बनाएका हुन्।
शरद भेष्वाकरले ५९ बलमा ३८ रन जोडे।
अर्का प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल २ रनमा आउट भए। सागर पुन एउटा चौका हानेर आउट भए। र बिनोद भण्डारीले २४ रन बनाए भने आरिफ शेखले अविजित १८ योगदान गरे। मेहेबुब आलम शुन्य र शुसन भारी ३ रनम आउट भए।
१८१रनको चुनौति हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ- सम्पादक।