रुसमा आयोजना हुने अघिल्लो विश्व कप प्रवेशका लागि संघर्षरत चेक गणराज्यले सान मारिनोलाई उसैको घरमा ६ गोल ठोकेको छ।
आइतबार राती विश्व कप छनोटअन्तर्गत समूह सीतर्फको दोस्रो खेलमा चेकले ६–० ले मारिनोलाई पराजित गर्यो। यसै समूहको अर्को खेलमा जर्मनीले ४–१ ले अजरबैजानलाई पराजित गरेको थियो।
चेकको विश्व कप अभियानमा यो दोस्रो जित थियो। उसले पाँच खेलमा ८ अंक बटुलेको छ र जर्मनीसँग पराजय भोगेको अजरबैजान र आजै नर्वेसँग भिड्न लागेको उत्तरी आयरल्यान्डलाई तल पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
चेकको जितमा आन्टोनिन बाराक र भ्लादिमिर डारिडाले २–२ गोल तथा थियोडर गाब्रे सेलासी र मिचल क्रमेनसीकले १–१ गोल गरेका थिए।