कप्तान स्टिभन स्मिथको सतकसँगै भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाको पहिलो इनिङमा नाटकीय रुपमा समाप्त भएको छ। स्मिथले १ सय ११ रनको सतकीय इनिङ खेले पनि भ्रमणकारी टोली धर्मशालामा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा ३ सय रनमा खुम्चिन पुग्यो।
कङ्गारु टोलीको रन बटुल्ने अभियानमा कुलदीप यादव बाधक बने। पहिलो चाइनामेन बलरको रुपमा भारतीय टोलीमा समावेश भएका कुलदीपले ४ विकेट लिएपछि ठूलो योगफलतर्फ लम्केको अस्ट्रेलिया ३ सय रनमा रोकिएको थियो।
कुलदीपले आफ्नो डेब्यु खेलमै ४ विकेट लिए। उनले कप्तान स्मिथ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरबीच दोस्रो विकेटका लागि भएको १ सय ३४ रनको साझेदारी भंग गरेका थिए, जब उनले वार्नरलाई ५६ रनमा अजिङ्क रहाणेद्धारा क्याच गराए।
अर्को विकेट उनले ग्लेन म्याक्सवेलको लिए। म्याक्सवेलले राची टेस्टमा सतक बनाएका थिए। म्याक्सवेललाई उनले ८ रनमा बोल्ड गरे। मध्यक्रममा विकेटकिपर म्याथ्यु वाडेले ५७ रनको अर्थसतकीय इनिङ खेले। भारतले शनिवार नै पहिलो इनिङको सुरुवात गरिसकेको छ।
एक ओभरको खेल खेलेको भारतले विकेट पनि गुमाएको छैन र रन पनि बनाएको छैन्।