क्रोएसियाले विश्व कप छनोटअन्तर्गत युरोपको समूह आइतर्फको खेलमा युक्रेनलाई १–० ले पराजित गरेको छ। क्रोएसियाका लागि एक मात्र निर्णायक गोल इटालीको फ्लोरेन्टिनाबाट व्यवसायिक फुटबल खेल्ने २९ वर्षीय निकोला कालिनिकले गरेका थिए।
क्रोएसियासँग पराजय भोगेपछि युक्रेनको छनोट अभियानमा धक्का लागेको छ। यही समूहको अर्को खेलमा आइसल्यान्डले कोसोभोलाई उसैको घरमा १–२ गोलले पराजित गर्यो। यो नतिजाका कारण युक्रेन तेस्रो स्थानमा झरेको छ भने आइसल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ।
समूहमा ५ खेल सम्पन्न हुँदा क्रोएसिया १३ अंकका साथ शीर्षस्थानमा छ। उसले अहिलेसम्म कुनै खेल हारेको छैन्। युक्रेनले २ खेल मात्र जितेको छ र उसको यो पहिलो हार थियो। त्यसैले ऊ ८ अंकका साथ तेस्रो स्थानमा झरेको छ।
आइसल्यान्ड १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। विश्व कप छनोटअन्तर्गत युरोपको नौ समूहमा बाँडिएको समूह विजेताहरु सिधै छनोट हुने प्रावधान छ। अन्य ६ टोली भने उत्कृष्ट नतिजाका बीच छनोट हुन्छन्। १० अंकका कारण आइसल्यान्ड छनोटको सम्भावना भित्रै परेको छ।