भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेको रंगशाला विश्व क्रिकेटको १ सय १४ औं टेस्ट रंगशाला बन्न लागेको छ। शनिवारदेखि भारत र अस्ट्रेलियाबीचको चौथो तथा निर्णायक टेस्ट धर्मशालामा आयोजना हुँदैछ।
चौथो टेस्टको आयोजनापछि यो स्थान भारतको २७ औं टेस्ट स्थल पनि बन्ने छ। धर्मशालामा यसअघि तीन वटा एकदिवसीय र ८ टि–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि आयोजना भएको छ।
धर्मशालामा खेलिएको तीन एकदिवसीयमा भारतले २ मा जित र १ मा पराजय भोगेको छ।
यस मैदानमा खेलिएको एक मात्र टि–२० मा भने भारत दक्षिण अफ्रिकाबाट पराजित भएको छ। अस्ट्रेलियाले गत वर्ष न्युजिल्यान्डविरुद्ध खेलेको टि–२० मा ८ रनको पराजय भोगेको थियो।