भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले रवीन्द्र जडेजा, चेतेश्वर पुजारा र मुरली विजयलाई पहिलो श्रेणीमा राखेको छ। बिसिसिआईले खेलाडीहरूसँगको वार्षिक सम्झौता नविकरण गर्दै बुधबार क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक गरेको हो। यस्तै टेष्ट क्रिकेटबाट सन्यास लिनुका बाबजुद धोनीलाई बिसीसीआईले ए ग्रेडमै राखेको छ ।
अलराउण्डर जडेजा सी ग्रेडबाट एकैचोटी ए ग्रेडमा बढुवा भएका हुन् । अष्ट्रेलियाबिरुद्धको जारी सिरिजमा शानदार प्रदर्शनपछि उनी बढुवा भएका हुन्।
अस्ट्रेलियाविरुद्धको राँची टेस्टमा ९ विकेट लिएपछि जडेजासँग बिसिसिआईले सीधै क वर्गमा सम्झौता गरेको हो। यसअघि उनी ख वर्गमा थिए । यसैगरी, पुजारा पनि खबाट क वर्गमा उक्लेका हुन् ।
भारतीय क्रिकेट बोर्डले क्रिकेटरहरूलाई श्रेणी विभाजन गरेर तलब भत्ता दिदै आएको छ। कसले कति तलबभत्ता पाउँछन्। क वर्गमा ७, ख मा ९ र १७ जना ग वर्गमा परेका छन्।
क वर्ग (वार्षिक : दुई करोड भारु)
विराट कोहली, महेन्द्रसिंह धोनी, रविचन्द्रन आश्विन, अजिन्का राहाणे, चेतेश्वर पुजारा, मुरली विजय, रवीन्द्र जडेजाले वार्षिक २ करोड भारू पारिश्रमिक पाउनेछन्।
उनीहरूले यसअघि १ करोड रूपैयाँ पाउने गरेका थिए। यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी-ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन्।
ख वर्ग (वार्षिक पारिश्रमिक: एक करोड भारू)
रोहित शर्मा, लोकेश लाहुल, भुवनेश्वर कुमार, मोहमद सामी, इशान्त शर्मा, उमेश यादव, ऋिद्धिमान साह जस्प्रित बुमराह, युवराज सिंह ख वर्गमा परेका क्रिकेटरहरू हुन्। उनीहरूले वार्षिक १ करोड भारू पाउँछन्। यसअघि ५० लाख भारू पाउने गरेका थिए। यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी-ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन्।
ग वर्ग (वार्षिक पारिश्रमिक: ५० लाख भारु)
शिखर धवन, अम्बाती रायडु, अमित मिश्रा, मनीष पाण्डे, अक्षर पटेल, करुण नैर, हार्दिक पान्ड्या, आशिष नेहरा, केदार ज्यादब, युभ्जेन्द्र चहाल, पार्थिव पटेल, जयन्त यादव, मन्दीप सिंह, धवन कुलकर्णी ग श्रेणीमा परेका छन्। उनीहरूले वार्षिक ५० लाख भारू पारिश्रमिक पाउनेछन्। यसअघि ग श्रेणीका क्रिकेटरहरूको तलब २५ लाख भारू थियो।
यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी-ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन्।
बिसिसिआईले २०१५ को नोभेम्बरमा खेलाडीसँग अन्तिमपटक वार्षिक सम्झौता गरेको थियो। करिब डेढ वर्षपछि बिसिसिआईले खेलाडीसँग सम्झौता नवीकरण गरेको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन्।