बार्सिलोनाका निर्देशकले भने– मेसी र इनिस्टाको अनुबन्ध नवीकरण हुन्छ

  • Get News Alerts

united
tata

बार्सिलोनाका खेलकुद विभाग निर्देशक रोबर्ट फार्नान्डेजले क्लब समर्थकलाई आश्वस्त पार्न धेरै छिटो क्लबका स्टार स्ट्राइकर लिओनल मेसीकोे अनुबन्ध नविकरण हुने जानकारी दिएका छन्।

फर्नान्डेजले स्थानीय पत्रिका काडेना सेरलाई अन्तर्वार्ता दिने क्रममा मेसीसँगै कप्तान आन्द्रेस इनिस्टाको पनि अनुबन्ध छिटै क्लबले नवीकरण गर्ने बताए।

बार्सिलोनाका यी दुवै हस्तीको अनुबन्ध आउँदो वर्षको अन्त्यमा समाप्त हुँदैछ। उनले मेसीको अनुबन्ध नवीकरणमा केही ढिलाई भएको स्विकार गरेपनि कुराहरु विस्तारै सकारात्मक मोडतर्फ जान थालेको बताएका छन्।

क्लब यो सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि दौडमा धेरै ठाउँमा लड्खडाएको अवस्थामा देखिएको थियो। यसको कारण खेलाडीबीच अनिश्चित भविष्यलाई लिएर एकाग्रता नदेखिएको भनाई धेरैको छ।
यस विषयमा फर्नान्डेजले फेरि आफ्नो धारणा राख्दै मेसीको अनुबन्ध नवीकरणमा आश्वस्त रहन आग्रह गरे। ‘ (मेसी) को नवीकरण हुनेछ, जुन म पहिलेदेखि भन्दै आइरहेको छु,’ फार्नान्डेजले भने–‘उनी बार्सिलोनामा खुसी छन, उनी टिमसँग सहज महसुस गरिरहेका छन र क्लबको वातावरण पनि ठिक छ।’

उनले यसबाहेक बाहिर चलिरहेको हल्लाको विषयमा कुनै प्रतिक्रिया नदिने बताए। फर्नान्डेजले इनिस्टाको नवीकरण पनि मेसीसँगै हुने बताएका छन्।

दुवै खेलाडीले आफ्नो खेल जीवन नै क्याम्प नोउमा बिताएका छन्। इनिस्टा २००२ देखि क्लबमा आवद्ध छन भने यसको दुई वर्षपछि मेसी सिनियर टोलीमा आवद्ध भएका थिए।
केही समयअघि इनिस्टा ठूलो धनराशीमा चिनियाँ क्लबमा आवद्ध हुने बताइएको थियो। यस्तै, मेसीले पनि क्लब छोड्ने हल्ला चलिरहेको छ।

 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • अश्विनलाई ग्यारफिल्ड सोबर्स अवार्ड

    अश्विनलाई ग्यारफिल्ड सोबर्स अवार्ड

    भारतीय अफस्पिनर रवीचन्द्रन अश्विन वर्षको उत्कृष्ट बलरबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले प्रदान गर्ने सर ग्यारफिल्ड सोबर्स अवार्डबाट उनलाई मंंगलबार सम्मान गरिएको हो।

  • किन रिसाइन् धोनीकी श्रीमती मन्त्रीसँग?

    किन रिसाइन् धोनीकी श्रीमती मन्त्रीसँग?

    भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीकी श्रीमती साक्षी धोनी आफ्नो देशको सूचना तथा सञ्चारमन्त्रीसँग असन्तुष्ट देखिएकी छिन्। उनले आफ्नो ट्विटरमार्फत केन्द्रीयमन्त्री रविशंकर प्रसादसँग आफू किन रिसाएको भन्ने प्रष्ट पारेकी छिन्।

  • सुनिल क्षेत्रीको गोलमा भारतले ६४ वर्षपछि म्यानमारलाई हरायो

    सुनिल क्षेत्रीको गोलमा भारतले ६४ वर्षपछि म्यानमारलाई हरायो

    पूर्व कप्तान सुनिल क्षेत्रीको निर्णायक गोलका कारण भारतले ६४ वर्षपछि म्यानमारलाई उसैको घरमा १–० ले पराजित गरेको छ।

  • उरुग्वे स्तब्ध, पेरुले २–१ ले हरायो

    उरुग्वे स्तब्ध, पेरुले २–१ ले हरायो विश्व कप छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहतर्फको खेलमा पेरुले उरुग्वेलाई २–१ गोलले स्तब्ध पारेको छ। अंक तालिकामा ब्राजिलपछि दोस्रो स्थानमा रहेको उरुग्वे आठौं स्थानमा रहेको पेरुसँग पराजित भएपछि तेस्रो स्थानमा झरेको छ। चौथो स्थानको चिलीसँग २३ अंकक...

  • रोनाल्डोको नाममा विमानस्थल

    रोनाल्डोको नाममा विमानस्थल

    देशको सबैभन्दा सफल फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने पोर्चुगिज सरकारको निर्णय आजबाट कार्यान्वयनमा आउने भएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी