भेटियो धोनीको चोरी भएको मोबाइल

  • Get News Alerts

united
tata

भारतीय टेस्ट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको हराएको तीन थान मोबाइल भेटिएको छ। विजय हजारे ट्रफीको सेमिफाइनल खेल खेल्न भारतीय राजधानी आएका धोनीको मोबाइल होटलको कोठाबाट हराएको थियो।

उनले हराएको मोबाइलको विवरणसहित गत आइतबार स्थानीय पुलिस स्टेशनमा रिपोर्ट दर्ता गराएका थिए। उनको रिपोर्ट देखेपछि सक्रिय भएको प्रहरीले केही घण्टामै मोबाइलको जानकारी प्राप्त गरेको बताइएको छ। गत विहिबार धोनी झारखण्ड टिमको कप्तानी गर्दै बंगालविरुद्ध सेमिफाइनल खेल्न नयाँ दिल्ली पुगेका थिए।

उनी बसेको होटलमा शुक्रबार आगो लागेको थियो। जसका कारण उनीलगायत झारखण्डको टिमलाई होटलबाट अन्यत्र सार्ने क्रममा धोनीको मोबाइल कोठामै छुटेको थियो। तर पछि मोबाइल लिन जाँदा नभेटिएपछि धोनीले पुलिसमा रिपोर्ट दर्ता गराएका थिए।

प्रहरीका अनुसार आगो निभाई सकेपछि कोठा सफा गर्न जाने क्रममा सफाइ कर्मचारीले उनको मोबाइल भेटेका थिए। प्रहरीले सफाइ कर्मचारीबाटै मोबाइल बरामद गरेको थियो।

बरामद गरिएको फोन धोनीलाई फर्काइ सकेको प्रहरीले जानकारी दिएको छ। धोनी राचीमा बराबरीमा सकिएको भारत र अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको सोमबार अन्तिम दिन घरेलु टोलीलाई हौसला प्रदान गर्न रंगशाला पुगेका थिए।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विशाल राईले ३५ वर्ष पुरानो गणेश थापाको कीर्तिमान बराबरी गरे

    विशाल राईले ३५ वर्षपछि फिलिपिन्सलाई गोल गर्ने इतिहास रचेका छन्। उनले एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा हाल भइरहेको खेलमा गोल गरेका थिए। विशालले पहिलो हाफको निर्धारित ४५ पछि थप गरिएको एक मिनेटमा गोल गरेका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो।

  • नेपालले खायो चौथो गोल

    नेपालले खायो चौथो गोल

    एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा भइरहेको नेपाल र फिलिपिन्सबीचको खेलमा नेपालले ७२ मिनेटमा अर्को गोल खाएको छ।

  • यसरी गोल गरे विशाल राईले

    यसरी गोल गरे विशाल राईले

    ३ गोलले पछि परेको अवस्थामा नेपालका लागि विशाल राईले पहिलो हाफको खेल सकिन ३० सेकेन्ड बाँकी हुँदा गोल गरे। उनले रेफ्रिले निर्धारित ४५ मिनेटपछि थप गरेको १ मिनेटको समयमा गोल गरेका थिए।

  • विशाल राईको गोलका कारण पहिलो हाफको खेल ३–१ मा

    विशाल राईको गोलका कारण पहिलो हाफको खेल ३–१ मा

    फिलिपिन्सका कप्तान फिल यङहजब्यान्डको दुई गोलका कारण पहिलो हाफको खेल समाप्त हुँदा नेपाल ३–१ ले पछाडि परेको छ। खेल सुरु भएको १२ मिनेटमै डिफेन्डर विक्रम लामालाई गुमाएको नेपाल त्यसपछि १० खेलाडीमा सिमित भएर खेलिरहेको छ।

  • नेपालको पहिलो गोल

    नेपालको पहिलो गोल

    एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा भइरहेको नेपाल र फिलिपिन्सबीचको खेलमा विशाल राईले पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा गोल फर्काएका छन्।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी