बंगलादेशलाई सयौं टेस्ट जितको खुसियाली

  • Get News Alerts

united
tata

बंगलादेशले आफ्नो सयौं टेस्टको खुसियाली जितबाट मनाएको छ। श्रीलंकाविरुद्ध दोस्रो टेस्ट ४ विकेटले जित्ने क्रममा भ्रमणकारी बंगाली टोलीले शृंखलालाई १–१ को बराबरीमा पनि ल्याएको छ।

आइतबार चौथो दिन प्रारम्भिक ब्याट्सम्यान तमिम इकबाल (८२) र सबिर रहमान (४१) ले तेस्रो विकेटका लागि १ सय ९ रनको साझेदारी गरेपछि दोस्रो इनिङमा जितका लागि श्रीलंकाबाट पाएको १ सय ९१ रनको लक्ष्यलाई भ्रमणकारी दलले सहजै पुरा गर्यो।

कोलम्बो टेस्टमा बंगलादेशले कब्जा जमाएपछि शृंखला पनि बराबरीमा समाप्त भएको छ। गत अक्टुबरमा इङ्ल्यान्डलाई पराजित गरेपछि बंगलादेशको यो अर्को ऐतिहासिक जित थियो। बंगलादेशले जिम्बाबे र वेष्ट इन्डिजजस्तो कमजोर टोलीलाई मात्र जित्दै आइरहेको थियो। तर, इङ्ल्यान्ड र श्रीलंकाविरुद्धको जितले बंगाली क्रिकेटमा संजीवनीको काम गरेको छ।

बंगलादेश सयौं टेस्ट जित्ने चौथो देश पनि बन्न पुगेको छ। यसअघि अस्ट्रेलिया, पाकिस्तान र वेष्ट इन्डिजले मात्र आफ्नो सयौं टेस्ट जितेका थिए।

कोलम्बो टेस्टमा श्रीलंकाले पहिलो इनिङको सुरुवात गर्दै ३ सय ३८ र ३ सय १९ रन बनाएको थियो। जवाफमा बंगलादेशले पहिलो इनिङमा ४ सय ६७ र दोस्रो इनिङमा ६ विकेटको क्षतिमा विजयी १ सय ९१ रन बनाएको थियो।

 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी