म्यानचेस्टरको जितपछि आर्सनल छैटौं स्थानमा खस्कियो

चुनाव
  • Get News Alerts

प्रिमियर लिग
tata

रेलिगेशन क्षेत्रमा रहेको मिडल्सब्रोगलाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनललाई एक स्थान तल छोडेको छ।

आइतबार राती मिडल्सब्रोगविरुद्ध मारोउने फेलाइनीले ३०, जेस लिङगार्डले ६२, आन्टोनियो भेलेन्सियाले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई सफलता दिलाएका थिए।

मिडल्सब्रोगका लागि एक मात्र गोल रुडी गेस्टेडेले ७७ मिनेटमा फर्काए। यो नतिजापछि म्यानचेस्टर २७ खेलमा ५२ अंक बटुलेर पाँचौ स्थानमा उक्लिएको छ। आर्सनल भने ५० अंकका साथ एक स्थान तल खस्किदै छैटौंमा पुगेको छ। आर्सनलको २० वर्षको अन्तरालमा यो सबैभन्दा खराब नतिजा हो।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलम्पियन फुपु एसियाली जुडोको पहिलो खेलमै पराजित

    ओलम्पियन फुपु एसियाली जुडोको पहिलो खेलमै पराजित

    ओलम्पियन महिला जुडो खेलाडी फुपुल्हामु खत्री हङकङमा जारी २३ औं एसियाली जुडो च्याम्पियनसिपको पहिलो खेलमै चिनियाँ खेलाडीबाट पराजित भएकी छिन्। उनीलगायत ३ महिला र ४ पुरुष खेलाडीले प्रतियोगितामा सहभागिता जनाएकोमा शुक्रबार ६ खेलाडीको चुनौती समाप्त भएको छ।

  • च्याम्पियन्स ट्रफी सुरु हुन ४ दिन बाँकी, उपाधि नजित्ने ४ अभागी टिम

    च्याम्पियन्स ट्रफी सुरु हुन ४ दिन बाँकी, उपाधि नजित्ने ४ अभागी टिम

    टेस्टमान्यता प्राप्त राष्ट्रमा ४ देश मात्र यस्ता छन्, जसले उपाधि जितेका छैनन्। यसमा इङ्ल्यान्ड, पाकिस्तान, बंगलादेश र जिम्बाबे रहेका छन्। जिम्बाबेलाई छोडेर यसपालि तीनवटै टिम च्याम्पियन्स ट्रफीमा समावेश छन्।

  • सुंगाका कारण न्युजिल्यान्डका क्रिकेटर मदिरासेवन काण्डमा समातिए

    सुंगाका कारण न्युजिल्यान्डका क्रिकेटर मदिरासेवन काण्डमा समातिए

    ब्रेसवेलले यो दण्ड पाउनुमा रोचक कथा जोडिएको छ। उनले घरमा पालेको सुंगालाई कुकुरले मारेपछि यो घटना भएको थियो। खबर पाएर नशाको अवस्थामै गाडी ड्राइभ गरेका ब्रेसवेल बीच बाटोमा पक्राउ परेका थिए। उनले १ सय दिन सामाजिक सेवामा विताउनु पर्नेछ भने ३ सय ६५ दिन गाडी चलाउन नपाउने गरी दण्ड सजाय पाएका छन्।

  • मराट सफिनले रुसको संसद पदबाट राजीनामा गरे

    मराट सफिनले रुसको संसद पदबाट राजीनामा गरे

    पूर्व नम्बर एक तथा दुई पल्टका ग्रान्ड स्लाम विजेता मराट सफिनले रुसको सासंद पदबाट राजीनामा गरेको घोषणा गरेका छन्। सफिन विगत ६ वर्षदेखि रुसी सासंद पदमा नियुक्त थिए। उनले विहिबार पदबाट राजीनामा गरेका हुन्।

  • बार्सिलोना कर छली मुद्धामा मेसी र उनको बुवाको समर्थनमा

    बार्सिलोना कर छली मुद्धामा मेसी र उनको बुवाको समर्थनमा

    यसविरुद्ध मेसीले स्पेनको उच्च अदालतमा पुनरावलोकनका लागि मुद्धा दायर गरेका थिए। दुई दिनअघि उच्च अदालतले पनि अघिल्लो फैसलालाई जारी राख्ने आदेश दिएको थियो। तर, बुवा जर्जेको २१ महिनाको जेल सजाय घटाएर १५ महिनामा झारेको थियो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी