अगुइरोले हारबाट जोगाए म्यानचेस्टर सिटीलाई

  • Get News Alerts

united
इङ्लिस प्रिमियर लिग
tata

अर्जेन्टिनी स्ट्राइकर सर्गिइ अगुइरोको गोलका कारण म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग सम्भावित हारलाई टार्न सफल भएको छ।

अगुइरोले इङ्लिस प्रिमियर लिगको यो सिजन पाँचौ गोल गर्ने क्रममा ६९ मिनेटमा घरेलु टोलीको उद्दार गरेका थिए। लिगको चौथो स्थानमा रहेको लिभरपुलले आइतबार राती सिटीको इत्तिहाद रंगशालाको भ्रमण गरेको थियो। जुन खेलको नतिजा एक एक गोल रहयो।

जसमा दोस्रो हाफको खेल सुरु भएको ६ मिनेटमा गायल क्लिचीको गल्तीका कारण सिटीले ५१ मिनेटमा पेनाल्टीको दण्ड पाएको थियो।

क्लिचीले डिबक्सभित्र रोबेर्टो फिरमिनोलाई जुत्ताको काटी भएको भागले रोक्न खोजेपछि लिभरपुलले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। जसलाई सिटीकै पूर्व खेलाडी जेम्स मिल्नरले गोलमा परिणत गरे।

च्याम्पियन्स लिगको अन्तिम १६ बाट भर्खरै बाहिरिएको सिटीको प्रिमियर लिगमा सातौ अपराजित यात्रा थियो। सिटी हाल २८ खेलमा ५७ अंक बटुलेर तेस्रो स्थानमा छ। लिभरपुल भने २९ खेलबाट ५६ अंक बटुलेर चौथो स्थानमा रहेको छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी