coke Skip Ad >>

मेसीको ४० गोल पुरा, प्रत्येक ७८ मिनेटमा १ गोल

चुनाव
  • Get News Alerts

tata

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले यो सिजन सबैभन्दा छिटो ४० गोल पुरा गरेका छन्। उनले भेलेन्सियाविरुद्ध ४४ मिनेटमा पेनाल्टीबाट गोल गर्ने क्रममा ४० गोल पुरा गरेका हुन्।

यस सिजन ला लिगा, च्याम्पियन्स लिग र अन्य प्रतियोगितामा गरेर मेसीले ४० गोलको सूचीलाई पुरा गरेका हुन्। मेसीको लगातार आठौं सिजन ४० भन्दा बढि गोल पुरा भएको हो। उनी विगत आठ वर्षयता देखि हरेक सिजन ४० भन्दा बढि गोल गर्दै आइरहेका छन्।

भेलेन्सियाविरुद्ध दुई गोल गरेका मेसीको यो सिजनको गोल संख्या ४१ पुगेको हो। उनले पेनाल्टीबाट ९ गोल गरेका छन्। स्पेनिस ला लिगामा मेसीको गोल संख्या २५ पुगेको छ। उनको गोल प्रतिशत प्रत्येक ७८ मिनेटमा एक गोलको रहेको छ।

स्पेनिस ला लिगामा उनीपछि लुइस सुआरेजले सर्वाधिक २२ गोल गरेका छन्, यसपछि क्रिस्टियानो रोनाल्डो छन्। उनको गोल १९ रहेको छ।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

    मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डी बियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

  • माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

    इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

  • म्यानचेस्टर २–० ले अगाडि, मखिटारियनको दोस्रो गोल

    म्यानचेस्टर २–० ले अगाडि, मखिटारियनको दोस्रो गोल म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको ३ मिनेट भित्रै दोस्रो गोल थपेको छ। युरोपा लिगअन्तर्गत हाल स्टोकहोल्ममा भइरहेको युरोपा लिगको फाइनलमा डच क्लब आयाक्सविरुद्ध ४८ मिनेटमा म्यानचेस्टरले २–० को अग्रता बनाएको छ। म्यानचेस्टरका लागि दोस्रो गोल हेनरिख ...

  • पाउल पोग्बाले दिलाए म्यानचेस्टरलाई पहिलो गोलको सफलता

    पाउल पोग्बाले दिलाए म्यानचेस्टरलाई पहिलो गोलको सफलता

    इङ्लिस क्लब म्यानचेस्टरले क्लबका सर्वाधिक महंगा खेलाडी पाउल पोग्बाको गोलमा १८ मिनेटमा १–० को अग्रता बनाएको हो। पोग्बाले २५ यार्ड टाढाबाट हानेको प्रहार आयाक्सका डिफेन्डर डेभिन्सन साञ्चेजको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।

  • मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

    मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

    तर, उनको तर्कसँग अदालत सहमत हुन सकेन। बुधबार अदालतले आफ्नो निर्णयमा भनेको छ, ‘जो मान्छे ठूलो मात्रामा आम्दानी गर्छ, उसलाई कर तिर्नु पर्छ भन्ने थाहा नभएको तर्कसँग सहमत हुन सकिन्न।’

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी