नेइमारको ५ सय खेलमा सय गोलको सपना पुरा भएन

  • Get News Alerts

united
tata

२५ वर्षको उमेरमा पाँच सय खेल खेल्ने इतिहास रचेका ब्राजिलियन स्ट्राइकर नेइमार बार्सिलोनाका लागि सयौं गोल गर्ने अभियानबाट आज चुकेका छन्।

भेलेन्सियाविरुद्ध ला लिगाको खेलमा उनले बार्सिलोनालाई ४–२ ले विजय दिलाउन दुई सुन्दर मौका जुर्याएका थिए। तर, आफै भने गोल गर्नबाट चुके। डेपोर्टिभो ला करुनासँग अघिल्लो साता पराजय भोगेको खेलमा अनुपस्थिति रहेका नेइमार आइतबार राती (नेपाली समयअनुसार सोमबार बिहान) घरेलु मैदानमा फर्किएका थिए।

उनको अन्तर्राष्ट्रिय र क्लब फुटबलमा यो पाँच सय खेल थियो। सन् २०१३ मा बार्सिलोनामा आवद्ध भएपछि उनले ९९ गोल गरिसकेका छन्। आज उनी सयौं गोलको पर्खाइमा थिए। तर, उनको यो सपना भेलेन्सियाविरुद्धको खेलमा पुरा हुन नसकेपनि उनले अर्को महत्वपूर्ण काम गरेका छन्।

उनी यो सिजन गोलका लागि सर्वाधिक पास मिलाउने खेलाडी बन्न पुगेका छन्। नेइमारले हालसम्म १९ पल्ट गोलको मौका सिर्जना गरेका छन्, जुन युरोपको पाँचवटा देशको महत्वपूर्ण लिगमा कुनै खेलाडीले गोलको लागि सिर्जना गरेको सर्वाधिक मौका हो।

नेइमारले बार्सिलोनामा आवद्ध हुनुअघि ब्राजिलको सान्तोष क्लबबाट २ सय २५, बार्सिलोनाबाट १ सय ७५, ब्राजिलका लागि ७५ र ब्राजिलकै कानारिन्हा जुनियर तथा ओलम्पिक टिममा गरेर २१ खेल खेलेका छन्। बार्सिलोनामा आवद्ध भएपछि उनले सबैभन्दा पहिलो गोल एट्लेटिको म्याड्रिडविरुद्ध गरेका थिए।

भेलेन्सियाविरुद्ध उनले अहिलेसम्म एक गोल गरेका छैनन्।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी