मेसीलाई पहेँलो कार्ड, अघिल्लो खेल गुमाउने

  • Get News Alerts

united
tata

बार्सिलोनाले आफ्नो स्टार स्ट्राइकर लिओनल मेसीलाई स्पेनिस ला लिगाको अघिल्लो खेलमा गुमाउने भएको छ। आइतबार राती (नेपाली समयअनुसार सोमबार बिहान) भेलेन्सियाविरुद्ध भएको खेलमा मेसीलाई ८६ मिनेटमा पहेँलो कार्ड देखाइएको थियो।

बिजुलीको गतिमा बल लिएर दौडिरहेका मेसी भेलेन्सियाका ४ खेलाडीलाई कटाएर विपक्षी टोलीको गोल पोस्ट नजिकै पुगेका थिए। त्यतिबेला भेलेन्सियाका खेलाडी मेसीबाट बल खोस्न सफल भएका थिए। यही बल खोस्ने क्रममा मेसीले नियन्त्रण गुमाए र लड्न पुगे। तर, रेफ्रिले उल्टै उनलाई पहेँलो कार्ड दिएका थिए।

मेसीले यसअघि डेपोर्टिभो ला कोरुनाविरुद्धको खेलमा पनि पहेँलो कार्डको सामना गर्नु परेको थियो। उनी दुई अप्रिलमा ग्रानडाविरुद्धको खेलमा मैदानमा देखिने छैनन्। यसअघि उनले २ गोल गरेर बार्सिलोनालाई जितको बाटोमा डोर्याएका थिए।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी